PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री कोइरालाको भ्रमणका लागि अमेरिकामा तयारी के ?



प्रधानमन्त्री कोइरालाको भ्रमणका लागि अमेरिकामा तयारी के ?

  • बिष्णुहरि घिमिरे -
न्यूयोर्क : नेपालमा संविधान जारी सँगै सरकार परिवर्तनको तयारी भइरहँदा अमेरिकमा रहेका नेपाली भने प्रधानमन्त्री सुशील कोइलालाको आसन्न भ्रमणको ब्यवस्थापनमा जुटेका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघ युएन मिसनको पहलमा प्रधानमन्त्री कोइलाको भ्रमणको तयारी सुरु भएको हो।

प्रधानमन्त्रीको भ्रमणमा अमेरिकामा रहेका नेपाली समुदायबाट के कस्ता कार्यक्रमको आयोजना गर्ने भन्ने विषयमा मिसनले छलफलको आयोजना समेत गरेको छ। म्यानहाटन स्थित मिसन कार्यलयमा भएको छलफलमा नेपाल जनसम्पर्क समिति अमेरिका अध्यक्ष आनन्द बिष्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापा, एसोसिएसन अफ तराई इन यूएसए एन्टाका प्रतिनिधि सत्यन्द्र साह सहभागी थिए। यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लुइसाङ वाइवा र महासचिव मान बहादुर रानामगर, संघीय समाज अमेरिकाका अध्यक्ष भरत लामा, मुस्ताङ घेदुङका उपाध्यक्ष राजकुमार विष्ट लगायतको उपस्थिति थियो।

छलफलमा सहभागि आदिवासी जनजाति महासंघका महासचिव रानामगरका अनुसार प्रधामन्त्रीको स्वागत तथा अन्य कार्यक्रमको संयोजनको जिम्मेवारी जनसम्पर्क समितिलाई दिने निर्णय भएको छ। समितिले बनाएको कार्यक्रममा पुन बैठक बसी टुङ्गो लगाइने छ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री कोइराला अर्को साता अमेरिका आउने जनाइएको छ।  सोही क्रममा प्रधानमन्त्रीको स्वास्थ उपचार समेत हुने छ। नेपालमा भने औपाचारिक रुपमा यसको जानकारी बाहिर आएको छैन। न्यूयोर्क स्थित मिसन स्रोतका अनुसार असोज तीन गते राष्ट्रपतिद्वारा संविधान जारी गरे पछि कम्तिमा दुई साताका लागि संसदको अधिवेदश स्थगित गर्नेमा प्रमुख राजनीतिक दलमा सहमति भएको छ। सोही अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमणलाइ स्वीकृत दिइसकेको छ। स्रोत भन्छ, “असामान्य परिस्थिति भएन भने प्रधानमन्त्री कोइराला असोज ६ गते नेपालबाट अमेरिकाका लागि प्रस्थान गर्नुहुने छ।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell