PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बालुवाटारमा थरुहट र गच्छदारसँग वार्ता, वैद्य माओवादी भन्छ वातावरण बने वार्तामा आउन तयार



बालुवाटारमा थरुहट र गच्छदारसँग वार्ता, वैद्य माओवादी भन्छ वातावरण बने वार्तामा आउन तयार
आन्दोलनरत थारुहट–थारुवान संयुक्त संघर्ष समितिको वार्ता टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सहभागी प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का शीर्ष नेताहरु । फोटो : रोशन सापकोटा, रासस

काठमाडौँ : प्रमुख तीन दल र आन्दोलनरत थरुहट/थारुवान संघर्ष समिति तथा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकसँग बिहीबार वार्ता भएको छ।

थरुहट/थारुवान सङ्घर्ष समितिबीच आज साँझ भएको वार्ता मङ्गलबार पुनः बस्ने गरी सकिएको छ। आइतबार संविधान जारी गर्ने कार्यक्रम छ भने सोमबारसम्म सार्वजनिक विदा दिने तयारी छ। सोमबार दलहरुले संयुक्त सभा पनि गर्दैछन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको वार्तामा प्रमुख दलसमक्ष आफूहरुको मागबारे जानकारी गराइएको बताउँदै सङ्घर्ष समितिका संयोजक धनीराम चौधरीले मागबारे शीर्ष नेता सकारात्मक भए मङ्गलबार पुनः वार्ता गरिने जानकारी दिए। 

आफूहरुले आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्नुपर्ने, घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, पक्राउ परेकालाई रिहाइ गर्नुपर्नेमा माग राखेको र वार्ताका लागि थप वातावरण बनाउन आग्रह गरेको जानकारी उनले दिए। अहिले बालुवाटारमा प्रमुख चार दलको बैठक पनि जारी छ।

यो समाचार तयार पार्दासम्म गच्छदारसँग बालुवाटारमा बैठक जारी छ।  

वातावरण बने वैद्य पनि संवादका लागि तयार

नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले सहमतिका लागि वातावरण बने संवादका लागि आफूहरु तयार रहेको बताएका छन्।

विराटनगरमा आज आयोजित अन्तर्क्रिया  कार्यक्रममा नेता गुरुङले तीन दलले सहमतिसहित संविधान जारी गर्ने सहमति जनाए आफूहरु संवादका लागि तयार रहेको बताएका हुन्।

नेता गुरुङले सङ्घीयता र गणतन्त्र अनि समानुपातिक अधिकार भनेको बहुमतका आधारमा नभई सहमतिमा हुनुपर्ने विचार व्यक्त गरे। रासस ​



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell