PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पारित संविधानमा ४९ वटा सुधार गर्नुपर्ने भट्टराई नेतृत्वको आनुसांगिक समितिको सिफारिस



पारित संविधानमा ४९ वटा सुधार गर्नुपर्ने भट्टराई नेतृत्वको आनुसांगिक समितिको सिफारिस

काठमाडौँ : संविधानसभाले हिजो दुई तिहाई बहुमतले पारित गरेको नेपालको संविधानमा ४९ वटा सुधार गर्नुपर्ने सिफारिस बाबुराम भट्टराई नेतृत्वको आनुसांगिक समितिले गरेको छ।
 
संविधान सभा अध्यक्ष सुवास नेम्वाङले हिजो आनुसांगिक समितिको गठन गर्दै आजसम्म सुधार गर्नुपर्ने विषयबारे सिफारिस गर्न निर्देशन दिएको थियो।
 
सोही अनुसार समितिको बैठकले  ४९ वटा सुधारको सिफारिश गरेको भट्टराईले बताए।
 
सिफारिससँगै भट्टराईले फेसबुकमा स्टायटस लेख्दै संविधानसभाको समितिको सभापतिको रुपमा आफ्नो जिम्मेवारी पूरा भएको बताएका छन्।
 
'यससँगै संवाद समितिको सभापतिको रुपमा मेरो अन्तिम जिम्मेवारी पूरा भएको छ,' उनले लेखेका छन्, 'संविधान निर्माणको कार्यमा संवाद समितिमा रहेर अमूल्य सहयोग गर्नुहुने सबै माननीय सदस्यहरु र सचिवालयका साथीहरुलाई हार्दिक धन्यवाद दिन्छु।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell