PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एनआरएन राष्ट्र निर्माणको सच्चा साझेदार : शेष घले



एनआरएन राष्ट्र निर्माणको सच्चा साझेदार : शेष घले
फोटो : केशव पाैडेल, अध्यक्ष, एनअारएन एसीसी अमेरिकाकाे फेसबुकबाट

  • बिष्णुहरि घिमिरे-
न्यूयोर्क : गैर आवासीय नेपाली संघ एनआरएनका अध्यक्ष शेष घलेले अबका दिनमा विगतका उपलब्धीलाई मात्र गौरव गरेर बस्ने अवस्था नरहेको बताएका छन्। एनआरएन एनसीसी यूएएसको चौथो विशेष साधारणसभाको उद्घाटनका अवसरमा शनिबार न्यूयोर्कमा बोल्दै अध्यक्ष घलेले एनआरएनको नेतृत्वमा इमान्दारीता, लगनशीलता र समय दिन सक्ने हुनु पर्नेमा जोड दिए।  घलेले एनआरएनप्रति नेपाली जनताको आशा र जिम्मेवारी बढ्दै गएको औल्याउँदै त्यसलाई हल्का रुपमा लिएमा दुर्घटना हुन सक्ने चेतवानी पनि दिए।

एनआरएनको नयाँ नेतृत्व चयनको पूर्वसन्ध्यामा घलेको यस्तो भनाइ आएको हो। एनआरएन आईसीसीको विश्व सम्मेलन दसैंअघि काठमाडौंमा हुँदै छ। सम्मेलनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने छ। घलेले दोस्रो कार्यकालयका लागि उमेदवारी दिने नदिने भन्ने अहिले सम्म औपचारिक कुनै प्रतिकृया दिएका छैनन्। एनआरएनमै सबै भन्दा बढी सदस्य रहेको भनिएको अमेरिकाको विषेश अधिवेशनकै लागि घले अमेरिका भ्रमणमा आएका हुन्। घले सँगै महासचिव कुमार पन्त, उपाध्यक्ष डाक्टर बद्री केसी लगायत विभिन्न आठ देशका एनआरएन पदाधिकारी अहिले अमेरिकामा छन। बद्री केसी र सल्लाहकार रतन झा दुवै जनाले अध्यक्ष पदका दावेदारी गर्ने भनिए पनि औपचारिक घोषण गरेका छैनन्। एनआरएनको प्रभाव बढेसँगै नेतृत्व तथा अन्य पदका आकांक्षीहरुको संख्या पनि ह्वात्तै बढेको छ।
 
विशेष साधरणसभामा बोल्दै घलेले दुई वर्ष अघिको तुलनामा एनआरएनमा आशा र जिम्मेवारी बढेको बताए। उनले गैरआवासीय नेपालीका दोस्रो र तेस्रो पुस्ताका लागि एनआरएन संयुक्त राष्ट्र संघ जस्तै बृहत संस्था बन्न सक्ने औल्याउँदै, एनआरएनलाई आफ्नो स्वार्थमा प्रयोग नगर्न आग्रह गरे। दोहोरो नागरिकताको माग संविधानको मस्यौदामा समेटिनु, खुल्ला विश्व्व विद्यालयमा एनआरएनको सहभागिता सुनिश्चिता हुनु, भुकम्प पीडितका लागि उल्लेख्य राहत संकलन हुनुलाई घलेले आफ्नो कार्यकालको सकारात्मक पक्ष भएको टिप्पणी गरे।
उनले अबको विश्व सम्मेलनको नारा “ एनआरएन राष्ट्र निर्माणको सच्चा साझेदार” भन्ने रहेकाले सबैलाई मातृभूमिलाई सहयोग गर्न पनि आग्रह गरे। “विदेशी भूमिमा आर्जेको सीप र पुँजीलाई आफ्नो मुलुकका लागि खर्च गर्ने सोच सहित एनआरएन आएकोले राष्ट्र निर्माणमा अमेरिकामा रहेका नेपालीले अझ योगदान दिन सक्ने छन्।”

उनले एनआरएन अहिले आफ्नै र भूकम्प पीडितका लागि घर बनाउनु पर्ने दोहोरो जिम्मेवारीमा रहेको बताए। घलेले एनआरएन मार्फत् मुलुकका लागि हुने सहयोगको पूर्ण पारदर्शिता हुने पनि प्रतिवद्धता ब्यक्त गरे।
 
“यसअघि भूकम्प पीडितका लागि तत्काल राहत वितरणमा हामीले शून्य प्रशासनिक खर्चमा तपाईँहरुको सहयोग बास्तविक पीडितसम्म पुर्‍याएका हौं, अब हामी एक हजार घर बनाउने योजनामा छौं, त्यसमा तपाईँहरुले सहयोग गर्नुहुनेछ भन्नेमा छौ।”

कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेलले अहिले गैरआवसीय नेपालीहरुको काँधमा ठूलो जिम्मेवारी आएको भन्दै नेपालमा भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरे।

विशेष साधारणसभामा अमेरिकाका लागि नेपालका राजदूत डाक्टर अर्जुन कार्कीले अस्थायी राजदूत र एनआरएनहरु मुलुकका स्थायी राजदूत भएको बताए। उनले एनआरएनसँग सहकार्यका लागि सरकार तयार रहेको बताए।

अमेरिकी राष्ट्रपति वाराक ओवामाकी दक्षिण एसिया तथा प्यासफिक सल्लाहाकार सञ्जिता प्रधानले अमेरिकामा रहेका नेपालीले नेपाली अमेरिकनका रुपमा आफ्नो पहिचान बनाउनु पर्नेमा जोड दिइन्। “नेपाली–नेपाली बीच मात्र हैन, अमेरिकी संस्थाहरुसँग सहकार्य सुरु गर्न म आग्रह गर्दछु।”

ह्वाइट हाउस इनिसियटिब्समा धेरै भन्दा धेरै नेपाली सहभागी हुन आग्रह गर्दै उनले आफु नेपाली ओरिजिनको सशक्तिकरणको पक्षमा रहेको बताइन्।

एक दिन चलेको विशेष साधारणसभाले एनआरएन एनसीसी अमेरिकाको विधानका केही धारा संशोधन तथा थप गरेको छ। संशोधन अनुसार अब कम्तिमा दुइ वर्ष साधरण सदस्य रहको ब्यक्तिले एनआरएन अमेरिकाको अध्यक्ष तथा पदाधिकारीमा उमेदवारी दिन पाउने छ। यस अघि एक कार्यकाल कार्यसमितिमा बसेको ब्यक्तिका लागि मात्र यस्तो सुविधा थियो। यस्तै च्याप्टरहरुलाइ बैक खाता खोल्ने र संचालन गर्न दिने व्यवस्था थप गरिएको छ। 


सबै फोटा : केशव पाैडेल, अध्यक्ष, एनअारएन एसीसी अमेरिका



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell