PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फोटोमा हेर्नुस् - संविधानको विधेयकमाथिको 'निरस छलफल'



फोटोमा हेर्नुस् - संविधानको विधेयकमाथिको 'निरस छलफल'

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौं: संविधानको परिमार्जित विधेयकमा सभासद्हरुले राखेको संशोधन प्रस्तावमा तीन दिनदेखि छलफल भइरहेको छ। तर छलफल निरस छ। दशकौँ पछि जनप्रतिनिधीबाट संविधान बनाउने चाहाना अनुरुपको ऐतिहासिक कार्यमाथिको छलफलमा सभासद्को उत्साह छैन। संविधानसभा भवनमा जारी छलफलमा कोही मोबाइल चलाएर बसेका छन्, कोही हाइ काढ्दै समय कटाइराखेका छन्। सभासद् बस्ने अधिकाशं कुर्सी खाली छन्। कोही गफमा मस्त छन्।

सभासदहरुले संविधानको प्रस्तावना,  भाग, धारा, उपधारा र अनुसूचिमाथि संशोधन प्रस्ताव पेश गरेका छन्। संविधानसभामा बिभिन्न दलका गरी ५४ वटा संशोधन प्रस्ताव छन्। नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका तर्फबाट संयुक्त संशोधन प्रस्ताव पेश भएको छ।


आज एकीकृत नेकपा (माओवादी) का सभासद् श्रीप्रसाद जगेबु, लालबहादुर गुरुङ, एमाओवादीकै सभासद् योगेन्द्र तामाङ घिसिङ,  राधिका तामाङ लगायतले संशोधन प्रस्ताव पेश गरे। आजै त्यस्तै प्रमुख तीन दलको तर्फबाट नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, एमालेका प्रमुख सचेतक अग्नि खरेल र एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संयुक्त संशोधनबारे धारणा राखे।

तर संशोधन प्रस्तावमाथि छलफल भइरहेका क्रममा सभासदहरुको सहभागिता भने ज्यादै कम रह्यो। शीर्ष नेताहरु संविधान सभा बैठकमा सहभागी भएनन् भने अरु सभासदहरु पनि केही बेर बसेर वा आफ्नो धारणा राखेर फर्किने गरिरहे। सभासदहरुले पेश गरेको संशोधन प्रस्ताव संविधानसभा सचिवालयका कर्मचारीले रेकर्ड राखेपनि सभासदहरुले संविधानसभामा उपस्थित भएर त्यसलाई सुन्ने काम गरेनन्।

हेर्नुस् संशोधन प्रस्तावमाथि छलफल भइरहेका क्रममा संविधानसभा बैठक भित्रको थप फोटा-



















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell