PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​लिम्बुवान माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल



​लिम्बुवान माग्दै पूर्वका ९ जिल्लामा आमहड्ताल

काठमाडौं : लिम्बुवान प्रदेश सुनिश्चित गर्न माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले गरेको आम हड्तालका कारण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।

प्रमुख तीन दलले सहमति गरेको ७ प्रदेशको संघीय सीमांकन सुधार गरी लिम्बुवान प्रदेश कायम हुनुपर्ने माग गर्दै सप्तकोशी पूर्वका नौ जिल्ला झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा तेह्रथुम र संखुवासभा जिल्ला बन्द गराएका हुन्।

बन्दका कारण त्यस क्षेत्रमा यातायात, शिक्षण संस्था सञ्चालन हुन सकेको छैन भने बजार पनि बन्द छ।  बन्द आयोजकमा ७ प्रदेशको सीमांकन गर्ने एकीकृत नेकपा माओवादीको जातीय संगठन लिम्बुवान मुक्ति मोर्चा पनि छ।

संघीय लिम्बुवान पार्टी, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लिम्बुवान स्वशासित संघ, लिम्बुवान राज्य परिषद, लिम्बुवान राष्ट्रिय मोर्चा, लिम्बुवान प्रादेशिक समिति, सामाजिक लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा बनाइ बन्द गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell