PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एनआरएन बेल्जियमका नवनिर्वाचित अध्यक्षद्वारा सहकार्यको प्रस्ताव



काठमाडौं : गैर आवासीय नेपाली संघका बेल्जियमका नव निर्वाचित अध्यक्ष गंगाधर गौतमले प्रेस वक्तव्य जारी गर्दै सबैलाई समेटेर लैजाने जनाएका छन्। निर्वाचनलाई जीतहारका रुपमा लिनुभन्दा पनि प्रकृयाका रुपमा लिनुपर्ने उल्लेख गर्दै उनले निर्वाचनमा प्रतिस्पर्धा गर्ने सबैसँग हात मिलाएर अघि बढ्ने जनाएका छन्।
 
गैर आवासीय नेपाली संघ बेल्जियमको पाँचौं अधिवेशनबाट निर्वाचित गौतमले एनआरएनको संस्थागत विकास र हितका लागि प्रतिस्पर्धीहरुको सहयोग अपरिहार्य रहने उल्लेख गरेका छन्। उनले निर्वाचनमा प्रत्यासी रहेकी सरस्वती चापागाईँलाई समिति सदस्यमा मनोनित गर्न प्रस्तावसमेत गरेका छन्।
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell