PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘प्रतिगामी र राष्ट्रविरोधी तत्वले आन्दोलनलाई दुरुपयोग गर्न सक्छन्, सचेत बनौँ’



‘प्रतिगामी र राष्ट्रविरोधी तत्वले आन्दोलनलाई दुरुपयोग गर्न सक्छन्, सचेत बनौँ’

काठमाडौं : एकीकृत नेकपा माओवादीले नयाँ संविधानमा आफ्ना मुद्धा समावेश गर्न र अधिकार संस्थागत गर्न दबाबमूलक आन्दोलन गरिरहेका शक्तिलाई प्रतिगामी र राष्ट्रविरोधी तत्वहरुले दुरुपयोग गर्न सक्ने भन्दै सचेत हुन अपिल गरेको छ।

बुधबार दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बसेको एनेकपा माओवादी संविधानसभा दलको बैठकले अहिले उठेका आन्दोलनलाई प्रतिगामी तथा राष्ट्रविरोधी तत्वले दुरुपयोग गर्न सक्ने भन्दै सचेत गराएको हो।

संविधान निर्माणको कार्यभार पुरा नभएसम्म एमाओवादीका सम्पूर्ण सभासद काठमाडौंमै रहने निर्णय गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यस्ता छन् बैठकका प्रस्तावः

१. व्यवस्थापिका–संसदको प्रमुख प्रतिपक्ष हाम्रो पार्टी एनेकपा (माओवादी) को गम्भीर असहमतीका बाबजुद सरकारले भुकम्प पछिको परिस्थितिमा पुनर्निर्माण प्राधिकरण अध्यादेश जारी गरेको थियो। तर सरकारले उक्त अध्यादेशलाई पनि संसदबाट पारित गर्ने प्रकृया अघि बढाउन सकेन। फलस्वरुप उक्त अध्यादेश र त्यसमा आधारित संरचना स्वतः निष्कृय भएका छन्। सरकारको यो हद दर्जाको गैर जिम्मेवारी र निकम्मापन हो। दलको यो बैठक अब यस सम्बन्धी विधेयक बस्तुगत आवश्यकता अनुरुप राष्ट्रिय सहमतिका आधारमा ल्याउन माग गर्दछ।

२. संविधान सभाबाट संविधान निर्माणको ऐतिहासिक कार्यभार सम्पन्न गर्ने अन्तिम चरणमा मुलुक अघि बढिरहेको छ। संविधान सभाबाट नयाँ संविधान घोषणा गर्ने कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न हामी दृढ प्रतिवद्धता एवं अठोट व्यक्त गर्दछौं। त्यस क्रममा उत्पीडित थारु, जनजाति, मधेसी, दलीत, महिला, मस्लिम लगायतका उत्पीडित समुदायले विभिन्न रुपमा उठाएका मुद्धाहरुलाई राजनैतिक ढंगले सम्वोधन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै त्यसका निम्ति वार्ता प्रक्रियाद्वारा समस्याको समाधान गर्न सम्बन्धित सबैलाई अपिल गर्दछौं।
 
३. केही समय यता देशमा भएका विविध आन्दोलन र भएका घटनाहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हामी नयाँ संविधानमा आफ्ना मुद्धाहरु समावेश गर्न र अधिकारहरुलाई संस्थागत गर्नको लागि आवाज उठाउँदै दबाबमूलक आन्दोलन गरिरहेका शक्तिहरुलाई प्रतिगामी वा अराजक वा राष्ट्रविरोधी तत्वहरुले त्यसलाई दुरुपयोग गर्न नपाउन भनेर सचेत हुन अपिल गर्दछौं।
 
४. साथै यस वीचमा देशका विभिन्न भागमा पा भएका घटनामा परेर कैयौं व्यक्तिहरुको निधन भएको छ। कैयौं घाइते भएका छन्। त्यस प्रकारका घटनाहरुप्रति हामी दुःख व्यक्त गर्दछौं र मृतकका परिवारहरुलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न र घाइतेहरुको शीघ्र उपचार गर्न सरकारसंग जोडदार माग गर्दछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell