PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​पहिरोमा आफन्त गुमाएका परिवारलाई अष्ट्रेलिया र बहराइनबाट सहयोग



​पहिरोमा आफन्त गुमाएका परिवारलाई अष्ट्रेलिया र बहराइनबाट सहयोग
म्याग्दीको मुदी गाउँको फोटो। श्रोत:www.myagdionline.com

बाबियाचौर (म्याग्दी) : एक महिनाअघि म्याग्दीको मुदी र मुना गाविसमा गएको पहिरोमा परी ज्यान गुमाएकाको आफन्तलाई विदेशम रहेका नेपालीले साढे २ लाख रुपैयाँ सहयोग गरेका छन्। 

अस्ट्रेलियामा रहेका मुदीका युवा र म्याग्दी उद्धार समिति बहराइनले आइतबार दुई लाख ४८ हजार रुपैयाँ सहयोग गरेका हुन्। अस्ट्रेलियामा रहेका मुदीका मनमोहन घर्तीको नेतृत्वमा सङ्कलित एक लाख ४८ हजार र म्याग्दी उद्धार समिति बहराइनले उपलब्ध गराएको एक लाख सात जना मृतकका आफन्तलाई वितरण गरिएको हो। 

अस्ट्रेलियाबाट प्राप्त रकम सात जना मृतकका आफन्तलाई १९ हजारका दरले वितरण गरिएको प्रथम धौलागिरि युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीले बताए। यसैगरी बहराइनबाट पठाइएको रकम प्रतिव्यक्ति १३ हजारका दरले उपलब्ध गराइएको छ।
मुदीको पहिरोमा भेडाबाख्राको क्षति भएर पीडित बनेकी मुदी–५ की सेती घर्तीलाई अस्ट्रेलियाबाट १५ हजार र बहराइनबाट पठाएको नौ हजार राहत सहयोग गरिएको छ। 

यसवर्ष साउन १३ गते मुदी–५ नेरवाङको गाखर्कमा पहिरो जाँदा मुदीका दलदेवी पुन, तीर्थमान घर्ती, जिप्रसाद घर्ती, भीमबहादुर घर्ती, किसलाल पुन र हस्ता पुनको मृत्यु भएको थियो। यसैगरी मुना– ४ कुनौटाको पहिरोमा पुरिएर आठ वर्षीया मेलिना पुनको पनि मृत्यु भएको थियो।

गाखर्क पहिरोमा चार घरधुरी कृषकको २५० भेडाबाख्रा र ७५ वटा गाईगोरु पुरिँदा रु ५० लाख बराबरको क्षति भएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell