PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२८ वर्षपछि बलिउडमा यस्ता देखिए सुनील थापा



२८ वर्षपछि बलिउडमा यस्ता देखिए सुनील थापा

काठमाडौं : चर्चित नेपाली अभिनेता सुनील थापा २८ वर्षपछि बलिउडमा छाउँदैछन्, बलिउड सुन्दरी प्रियंका चोपडाको प्रशिक्षकका रुपमा। भारतीय बक्सिङ स्टार मेरी कोमको जीवनीमा आधारित चलचित्र ‘मेरी कोम’ मा थापा प्रियंकाको बक्सिङ कोचको भूमिकामा देखा पर्दैछन्।

आउँदो सेप्टेम्बर ५ मा रिलिजको तयारीमा रहेको ‘मेरी कोम’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ। सञ्जयलीला भन्साली ब्यानरको चलचित्रमा प्रियंकाले मेरी कोमको भूमिका निभाएकी छन्।  

समयान्तर भएपनि बलिउड अभिनेता थापाका लागि नयाँ भने होइन। उनले सन् १९८१ मा बलिउड चलचित्र ‘एकदुजे के लिए’ बाट अभिनय यात्रा थालेका थिए। त्यसपछि उनले ‘मानव हत्या’ (१९८१), ‘आज कि आवाज’ (१९८२) लगायतका हिन्दी चलचित्रमा अभिनय गरे।

सन् १९८९ मा प्रदर्शन भएको ब्लकबस्टर नेपाली चलचित्र ‘चिनो’ सुनीलको जीवनमा मात्र नभै नेपाली चलचित्र क्षेत्रकै लागि वरदान भैदियो। यो चलचित्र ७५ हप्तासम्म लगातार चलेको थियो। यही चलचित्रबाट चर्चित बनेको उनको राते काइला चरित्रका कारण आजपनि उनलाई राते भन्ने गरिन्छ।

त्यसपछि उनले ‘मनु द ग्रेट’ (१९८९), हलबेला नसिबवाला (१९८९) लगायतका अन्य चलचित्रमा पनि काम गरे। उनले नेपाली चलचित्र ठूलदाई, आगो लगायतमा पनि काम गरेका छन्।

उनले पछिल्लोपटक नेपाली चलचित्र मुखौटोमा अभिनय गरेका छन्।

चलचित्रमा प्रियंका र सुनीलसँगै अर्का चर्चित अभिनेता डेनी डेन्जोन्पाको पनि अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell