PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जब नेपाली कामदारले कतारमा भेटाएको हिराको औंठी फिर्ता गरे...



जब नेपाली कामदारले कतारमा भेटाएको हिराको औंठी फिर्ता गरे...
सुशीलकुमार ठाकुरलाई प्रशंसा पत्र दिँदै फिलिपिनी राजदूत। फोटो: दूतावासको फेसबुक पेज

काठमाडौं: कतारको दोहामा काम गर्ने एकजना नेपालीले हराएको हिराको औंठी फिर्ता गरेपछि फिलिपिन्सको राजदूतावासले ती कामदारलाई प्रशंसा पत्रले सम्मान गरेको छ।

कतारस्थित फिलिपिन्सको राजदूतावासको फेसबुक पेजको पोस्ट अनुसार गत हप्ता एम्बेसीको भवनमा एकजना फिलिपिनी महिलाको हिराको औंठी हराएको थियो।

राजदूतावासमा सरसफाइको काम गर्ने नेपालका सुशीलकुमार ठाकुरले सरसफाइको क्रममा औंठी फेला पारेपछि दूतावासमा बुझाएका थिए। हिराको औंठी फिर्ता गरेपछि दोहाका लागि फिलिपिनी राजदूत विल्फ्रेडो सी. सान्तोसले ठाकुरलाई प्रशंसाको प्रमाण पत्र दिएका थिए।

ठाकुरलाई दिइएको प्रमाणपत्रमा लेखिएको छ, ‘तपाइँ दोहाको फिलिपिन्स दाजदूतावासमा काम गर्ने अधिकारी र कर्मचारीका लागि प्रेरणा हुनुहुन्छ।‘
तर दूतावासले ठाकुरले फिर्ता गरेको औंठीको मूल्य कति थियो र ठाकुरले कति पुरस्कार पाए भनेर खुलाएको छैन।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell