PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​एनआरएनए अध्यक्षमा रतन झाद्वारा उम्मेदवारी घोषणा



​एनआरएनए अध्यक्षमा रतन झाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं महाधिवेशनका लागि रतन झाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनएका पूर्व महासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको औपचारिक कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन्।

नयाँ नेतृत्वका लागि एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन अक्टोबर १४ देखि १७ सम्म नेपालमा हुँदै छ।

उम्मेदवारी घोषणामा बोल्दै झाले नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडि बढेको गैरआवासीय नेपाली अभियानले बोकेको निर्दिष्ट उदेश्यहरुलाई मूर्त रुप दिन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए। ‘एनआरएन साथीहरुको समर्थन र सहयोगको अपेक्षा सहित सातौ अन्तर्राष्ट्रिय महाधिबेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु,’ झाले भने।

आफ्नो उमेद्वारीको औचित्यबारे प्रष्ट पार्दै उनले संघमा नामबाट होइन कामबाट चिनिनु पर्ने बताए। ‘हाम्रो संघ भनेको एउटा विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो,’ उनले भने, ‘तसर्थ यसको काम कारबाहीहरु सोही रुपमा सामुहिक प्रयासबाट गरिनुपर्छ।‘  

बैशाख १२ र २९ गतेको विनाशकारी महाभुकम्प र त्यसयताका पराकम्पले क्षत विक्षत भएका विभिन्न जिल्लाहरुमा राहत वितरणमा संघले देखाएको तदारुकता, सहयोगलाई नेपाल सरकार र समस्त नेपालीले उच्च मुल्यांकन र कदर गरको स्मरण गर्दै झाले संघको अध्यक्षलाई पुनर्निर्माण सहयोगका लागि बिशेष दुत नियुक्ति पनि यसैको प्रतिफल भएको बताए।

‘संघले १००० घर बनाउने संकल्पलाई कार्यान्वयन गर्न सबै शक्ति परिचालन गर्नुका साथै सरकारले दिएको जिम्मेवारी पूर्ण गर्न कुनै कसर बाँकि नराख्ने प्रतिबद्दता जनाउँछु,’ झाले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell