PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​कोरियाबाट फर्किएकालाई पुन: रोजगारीको अवसर



​कोरियाबाट फर्किएकालाई पुन: रोजगारीको अवसर
फोटो : www.nairaland.com

काठमाडौँ : कोरियामा काम गरेर फर्किएकालाई कोरिया सरकारले पुन: रोजगारीका लागि लैजाने भएको छ। सन् २०१० जनवरी अघि भिषा अवधि हुँदा हुँदै स्वच्छिक रुपमा नेपाल फर्किएकाहरुले पुन: कोरिया जाने अवसर पाएका हुन्। उनीहरुले कोरियामा कृषि तथा पशुपालन, उत्पादनमुलक, सेवामुलक, निर्माण र मत्स्यपालनमा रोजगारी पाउनेछन्।

तर उनीहरुले विशेष परीक्षा पास गर्नुपर्ने व्यवस्था थप गरिएको छ। कोरियाबाट फर्किएकाहरुले कम्युटरमा आधारित कोरियन भाषा विशेष परीक्षाको व्यवस्था मानव संशाधन विभाग कोरियाले गरेको हो।

कसले दिन पाउँछ परीक्षा?

परीक्षामा सामेल हुन २०३२ साउन २१ गते देखि २०५४ साउन २१ गते भित्र जन्म भएको हुनुपर्नेछ। त्यस्तै परीक्षामा सामेल हुन कोरियाको मानव संशाधन विभागले विशेष परीक्षामा(स्पेशल इपीएस टोपिक) सामेल हुन सक्ने भनेर उल्लेख भएका कामदारहरुले मात्र भाग लिन पाउनेछन्। कामदारहरुले आफू स्पेसल परीक्षाका लागि योग्य भएको नभएको चेक गर्न इपीएस शाखामा कार्यालय समयमा सम्पर्क राख्नुपर्नेछ।

तर कोरियामा गैर कानुनी बसोबस गरेकाहरु भने परीक्षाका लागि योग्य नहुने इपिएस शाखाले सूचना प्रकाशित गरी जानकारी गराएको छ। परीक्षामा सामेल हुनु पहिला कोरिया बसेको राहदानीको फोटोकपी समेत पेश गर्नुपर्नेछ।

परीक्षाका लागि २४ अमेरिकी डलर बुझाउनुपर्नेछ। परीक्षार्थीहरुले सुनाई र पढाईको परीक्षा दिनुपर्नेछ। उनीहरुले आधा घण्टाको समयमा दुवै  परीक्षामा २५/२५ वटा प्रश्नको सामना गर्नुपर्नेछ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell