PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिन्दु राष्ट्र बनाउन भाजपालाई खुमबहादुरको निम्तो, हिन्दीमै सुशील कोइरालालाई गाली



हिन्दु राष्ट्र बनाउन भाजपालाई खुमबहादुरको निम्तो, हिन्दीमै सुशील कोइरालालाई गाली

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतीय जनता पार्टी लाग्नुपर्ने बताएका छन्। संविधानको मस्यौदामाथि विश्व हिन्दु महासंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका खड्काले भने, 'सुशील कोइराला र शेरबहादुर देउवा भड्किएका छन्।'

मुलुकलाई हिन्दु धर्म कायम गर्न सके राजतन्त्र स्वत: आउने भएकाले अहिले हिन्दु राष्ट्र बनाउनुपर्ने तर्क गरेका उनले हरेक आन्दोलन भारतकै कारण सफल भएकाले हिन्दु राष्ट्र बनाउन भारतलाई निम्तो दिएका हुन्।

नेपालीमा भाषण गर्दागर्दै हिन्दीमा उनले यसरी आफ्ना धारणा राखे :


जो हो रहा है उससे नेपाली लोग समाप्त हो रहे हैं। हमारा राष्ट्र रहेगा या नही रहेका नई जानेङ्गे। नेपाल समाप्त हो गया तो उसके वाद आपका देशका नम्बर आएगा। तब आप क्या करेङ्गे ? हम छोटे देशके है। आपके भाइ समान है। हम ९४ प्रतिशत सनातन हिन्दु है। हम लोगोका हक बनता है कि आप हम लोगोका समर्थन करेँ।

आप भारत जनता जनता पार्टी से हिन्दुत्वका नारा लेकर आए है। तो सरकारका भि फर्ज बनता है, हिन्दुस्तानका हिन्दुओका भि दायित्व बनता है - नेपाल हिन्दु राष्ट्र हो तभि भारतका कल्याण होगा। यदि हिन्दु राष्ट्र नही होता तो भारतका भि कल्याण नही होगा। इसिलिए हम आपकी पार्टी से पार्टी अध्यक्ष से निवेदन करता हुँ थोडा यहाँ भि देख लिजिए। हमारी कथाव्यथा भि देखले। आप लोग देखेंगे तो हमे प्रसस्त हो जाएगा।

मै दुवारा ए अनुरोध करता हुँ स्वामीजी – जो हम लोगका पीडा है वो आपकी माध्यम से आपके पार्टी से हम लोगोको नैतिक समर्थन मिले। किन यो भन्दैछु भने मैले आज यो भन्दाखेरि भोलि टिकाटिप्पणी हुन्छ। पत्रकार साथीहरु यहाँ हुनुहुन्छ भने सुन्नुस् – ७ सालको क्रान्तिमा जसमा प्रजातन्त्र ल्यायौं भन्छौं। त्यो क्रान्तिमा भारतका नेताहरु डा लोहिया, जयप्रकाश नारायणले सहयोग गर्नु भएको थियो कि थिएन ?  पछि भारत सरकारले वीरगञ्जमा आक्रमणपछि नेपाली आन्दोलन सफल भयो, थिरबम मल्ल सहिद हुनुपर्‍यो, त्यसपछि लास्टमा भारत सरकारले सोचेको हो। त्यतिखेरको दिल्ली सम्झौता धोका भन्ने माओवादी साथीले अहिले भन्नुभयो। नेपाली कांग्रेस र वीपी कोइरालालाई भरतको एजेन्ट भन्नेहरु २०४६ सालको आन्दोलनमा चन्द्रशेखरजी आएको हो कि होइन ? कमल फारुकी आएको हो कि होइन ? यसवन्त सिन्हा आएको हो कि होइन ?

चन्द्र शेखर जीका भाषण हमने गाउँ गाउँमा टेपसे सुनाएथेँ उस वक्त। २०६२/६३ के आन्दोलन जो कहते है कम्युनिस्ट लोग जो बढी बढी वातेँ करते है एमाओवादीके लोग। १२ बुँदे सहमति दिल्लीमे हुवा था कि नहीँ ? १२ बुँदे सहमति दिल्लीमा भएको थियो कि नेपालमा भएको थियो ? गिरिजाप्रसाद र प्रचण्डले गरेका थिए कि भारत सरकारले गरेको थियो ?  जितनेवाला सब आन्दोलनमे भारतका योगदान रहा है।

पहले डेमोक्रेसीके फेबरमे भारतका सहयोग होता था। अब हम समझ नही पा रहेँ है कि भारतकी फरेन पोलेसी क्या है। भारतका विचार क्या है ? आप लोग हिन्दुत्वके नारा लेकर सरकारमे आए। अभि भि हर्सित है हम्। रहेंगे। हम अपने मिसने लगे रहे है। आप लोगोका उसमे नैतिक समर्थन हो तो बहुत मद्दत और बल पहुचेगा। और यहाँका नेतागण थोरा सा भटक गए है मै एमाले, माओवादीके लोगेके कोही वात करना नही चाहता हूँ। हमारे नेतागण सुशील कोइराला जी जो प्रधानमन्त्री है, शेरबहादुर देउवा जो है भटक गए है।

इसलिए इन लोगोके समझ मै दिमागमा अहिले पनि १६ बुँदेलाई टेकेर हिँडे भने नेपाली कांग्रेस पतनको बाटोमा छ। नेपाली कांग्रेस सिद्धिन्छ। त्यस बेला देश कहाँ जान्छ त्यतिखेर हाम्रा नेताको आँखा खुल्दा हाम्रा नेताले गल्ती भएको भन्दा यो सबै सिद्धिसक्या हुन्छ। यदि समयमै हामीले हिन्दुत्वमाथि गर्व गर्छौं। हामी हिन्दु राज्य चाहन्छौं। हामी अवश्य पनि लोकतन्त्र चाहन्छौं भने हामीले समयमै विवेकलाई प्रयोग गर्नुपर्‍यो। होइन बाबुराम प्रचण्ड, केपीले कार्यकारीको पक्षमा जनमत छ भन्न थालेका छन्। किन हिन्दुको पक्षमा छ भनेर कांग्रेस बोल्दैन ?

यदि धार्मिक स्वतन्त्रता भनेर अल्मल्याउने हो भने त्यो मान्नेवाला छैनौं। आन्दोलनको सामना तिमीहरुले गर्नुपर्छ। यसपछि देश कहाँजान्छ दायित्व सबैमा रहनेछ। यहाँ केही भयो भने हामी नेपाली कांग्रेसका नेताहरु जिम्मेवार हुनेछौं। समयमै नेपाली कांग्रेसका नेतामा सदवुद्धि आवस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell