PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​तक्मे बुढाको फिल्म ‘रातो घर’ लन्डनमा ग्रान्ड प्रिमियर



​तक्मे बुढाको फिल्म ‘रातो घर’ लन्डनमा ग्रान्ड प्रिमियर

  • पहिलोपोस्ट -
काठमाडौं : हलिउडबाहेक अन्य उद्योगले हम्मेसी लन्डनमा फिल्म प्रिमियर गर्ने आँट गर्दैनन्। तर, शनिबार राति लन्डनमा भिन्न दृश्य देखियो। नेपाली सिनेमा ‘रातो घर’ले ग्रान्ड रेडकार्पेट प्रिमियर गर्‍यो।

अल्डरसटस्थित प्रिन्सेस हलमा सामाजिक कथावस्तु बोकेको सिनेमाले पहिलो अन्तराष्ट्रिय टुरको थालनी गर्यो‍ । बेलायतस्थित नेपाली डायस्पोराले खचाखच सिनेमा हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएको निर्देशक सुरज सुब्बाले लन्डनबाट दिए।  

प्रस्तुतकर्ता निकेश लिम्बु, निर्देशक सुरज सुब्बो, ‘हँसिया’ निर्देशक मिलन चाम्स, गायक योगेश्वर अमात्य, दीपक थापा, ओमविक्रम विष्ट आकर्षणका विन्दु बने। 

माङहिम फिल्मस र तक्मे प्रोडक्सनले निर्माण गरेको सिनेमाले पूर्वी नेपालको एक सामाजिक कथा पेश गर्छ। लन्डनपछि नेपालको रिलिज मिति सार्वजनिक गर्ने सिनेमाले अन्य मुलुकमा पनि यात्रा थाल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell