PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सबैभन्दा धेरै सुझाव अमेरिका र बेलायतबाट, खाडीबाट पनि उल्लेख्य



सबैभन्दा धेरै सुझाव अमेरिका र बेलायतबाट, खाडीबाट पनि उल्लेख्य

काठमाडौं : संविधानसभाको प्रारम्भिक मस्यौदामा देशभित्र मात्र होइन विदेशबाट पनि उत्तिकै सुझावहरु आएका छन्। संविधानसभा सचिवालयका अनुसार विदेशमा रहेका नेपालीले इमेल मार्फत् सुझावहरु उपलब्ध गराएका छन्।
 
सचिवालय प्राविधिक प्रदीपकुमार नेपालले सबैभन्दा बढी सुझाव अमेरिका र बेलायतबाट आएको जानकारी दिए। उनका अनुसार त्यहाँ रहेका नेपालीले संविधानमा धेरै चासो देखाएका हुन्। रमाइलो तथ्य के छ भने मुलुकको संविधानका लागि सयभन्दा बढी मुलुकबाट सुझाव प्राप्त भएको छ।।
 
 
खाडी मुलुकमध्ये कतार, संयुक्त अरब इमिरेट्, दुबई, बहराइन, ओमन, मलेसियाबाट पनि उल्लेख्य सुझाव प्राप्त भएको छ। दक्षिण कोरिया, जापानबाट पनि सुझाव आएका छन्।
 
यतिसम्म कि अफ्रिकी मुलुक केन्याबाट समेत सुझाव पठाइएको छ। रसिया तथा अन्य युरोपेली मुलुकमा रहँदै आएका नेपालीले सगरमाथा, लुम्बिनीजस्ता संसारले गौरव गर्ने नामका आधारमा प्रदेशको नामाकरण गर्न सुझाव दिएका छन्।
 
हालसम्म विद्युतीय माध्यमबाट सुझाव दिने २६ हजार बढीले सुझाव दिएका छन्। बेवसाइटबाट मात्रै १७ हजार ३९५ वटा सुझाव प्राप्त भएको छ भने टोल फ्री नम्बरबाट करिब तीन हजार सुझाव प्राप्त भएका छन्। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell