PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपालबाट साइकलमा जापान आइपुगे यात्री



  • प्रकाश पन्थी-
टोकियो : जापान–नेपालको परिचय संसारभर फैलाउन भन्दै विश्वसाइकल यात्रामा निस्केका दुई युवा जापान आइपुगेका छन्।
 
विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभ्रेका जनार्दन खनाल जापानी सडकमा नेपाली झन्डा र नेपाली पोशाकमा बिहीबार देखिएका हुन्। उनीहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा र विश्वशान्तिको मुलुक नेपालको पहिचान गराउने उद्देश्यले विश्वसाइकल यात्रा सुरु गरेको बताएका छन्।
 
सामान्यतया सधैँ व्यस्त रहने जापानी सडकमा चन्द्र र सूर्य अङ्कित नेपाली झन्डा र ढाका टोपी, कालो इस्कोट र दौरासुरुवालमा विश्वशान्तिका दूतका रुपमा चिनिएका गौतमबुद्धको तस्बिरसहित नेपाल लेखिएको सानो बोर्ड साइकलमा टाँगेका दुई युवा देखिँदा टोकियोका सर्वसाधारणले अनौठो मानेका थिए। ७ डिसेम्बर २००४ बाट सुरु गरेको यात्रा हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गर्दा भाषा, स्थानीयवासीको अवरोधका बीच पनि नेपाल र नेपालीको परिचय गराएको उनीहरुले बताए।
 
दुई वर्षभित्रमा बाँकी मुलुकको भ्रमण सक्ने र त्यस अवधिसम्ममा नेपालमा व्याप्त राजनीतिक हिंसा हटेर विश्वमा नेपाल साँच्चिकै सुन्दर शान्त मुलुकका रुपमा चिनिने आशा उनीहरुले लिएको छ। साइकल यात्राका क्रममा दैनिक हजारौँ सर्वसाधारणसँग नेपालका बारेमा जानकारी गराउँदै आएको बताउने उनीहरुले ताइवान, मकाउ, चाइना हुँदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हुँदै नगएका मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell