PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मलेसियामा रौतहटका युवकको मृत्यु



मलेसियामा रौतहटका युवकको मृत्यु

रौतहट : रोजगारीका लागि मलेसियामा रहेका रौतहट चन्द्रपुर नगरपालिका–१३ बालचनपुरका एक युवकको मृत्यु भएको छ।

२२ वर्षीय जयमङ्गल राउतको गत मङ्गलबार मृत्यु भएको खबर सोमबार परिवारका सदस्यले पाएका हुन्। ज्वरोबाट विरामी भएको जानकारी आएपनि अन्त्यमा मृत्यु भएको खबर आएको बाबु रामअयोध्या राउतले बताए।

धन कमाउन विदेश गएको छोरा ऋण पनि नतिरी मृत्युको खबर सुन्दा परिवार शोकाकुल छ। तीन वर्षअघि एक लाख ५० हजार रुपैयाँ तिरेर जयमङ्गल विदेश गएका थिए। उनको शव नेपाल ल्याउन परिवारजनले पहल थालेका छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell