PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल जनसम्पर्क समिति क्यानडाको विशेष सम्मेलन हुने



क्यानाडा : नेपाली जनसम्पर्क समिति क्यानाडाको विशेष सम्मेलन हुने भएको छ। आउँदो जुलाइको १२ तारिखदेखि समितिको सम्मेलन टोरन्टोमा हुन लागेको हो।

क्यानडाको ग्रेटर टोरन्टो क्षेत्रमा बसोबास गरेका नेपाली कांग्रेसका समर्थक र कांग्रेस प्रति शुभेच्छा राख्ने नेपाली मिलेर करिब २ वर्ष अघि बुद्धि प्रकाश ओलीको संयोजकत्वमा जनसम्पर्क समिति राष्ट्रिय तदर्थ समिति गठन गरेका थिए।

समितिको संगठन बिस्तार र राष्ट्रिय महाधिबेशनका लागि केशव सिग्देलको संयोजकत्वमा सदस्यता वितरण समिति गठन गरि कार्य संचालन भैरहेको र पहिलो चरणको सदस्यता प्रतिबेदन कार्यसमितिमा समेत प्रस्तुत भइसकेको छ।

नेपाली कांग्रेसको नजिकिदै गरेको महाधिबेशन र प्रतिनिधित्व गर्ने सवाल र प्रक्रियालाइ लिएर भएको असहमतिपछि स्थगित निर्णय प्रक्रिया, गएको भूकम्पका कारण झनै प्रभावित बनेको थियो।

काठमाडौँमा नेपाली कांग्रेसको राजनीति गरम हुँदा टोरन्टोमा पनि तात्ने जनसम्पर्क समितिले आफ्नो महाधिवेशनमा कांग्रेस उपसभापति रामचन्द्र पौडेललाइ ल्याउने अन्तिम तयारी समेत सकेको थियो। तर सदस्यता संख्या यकिन गर्न र महाधिवेशनको दिन घोषणा गर्न भने बाँकी थियो। एकातिर सदस्यता वितरण जारी रहेको अवस्था अर्कोतिर काठमाडौँ महाधिवेशनमा जाने आन्तरिक प्रतिस्पर्धाको कोपभाजन जनसम्पर्क समिति भएको विश्लेषण यहाँ स्थित समिति लार्इ नजिकबाट लियालिरहेका नेपालीको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell