PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कृषि मन्त्री विरुद्ध ट्विटर: कृषि मन्त्री आए, भाग भाग



कृषि मन्त्री विरुद्ध ट्विटर: कृषि मन्त्री आए, भाग भाग

काठमाडौं: कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले असार १५ को अवसरमा काठमाडौंको मुलपानीमा आयोजित रोपाइँमा हिलो खेल्ने निहुँमा महिला माथि दुर्व्यवहार गरेको भन्दै माइक्रो ब्लग साइटमा उनको खुलेर आलोचना भएको छ। मन्त्री पराजुलीले महिलालाई अँगालो हाल्दै शरीरमा जथाभावी टाउकोले हिलो दल्दै गरेका फोटाहरु अहिले भाइरल बनेका छन्।

मन्त्रीको हर्कत यौन हिंसा हो कि होइन भन्ने बहस पनि एकातिर चलिरहेको छ। अधिवक्ता सपना प्रधान मल्लले यो यौन हिंसा हो या हैन भन्ने कुरा महिलाको इच्छामा भरपर्ने बताएकी छिन्। ट्विटरमा उनलाई सिसिफसले सोधेका थिए, 'मन्त्रीको हिजोको हर्कत यौन हिंसा हो कि होइन?'

 

जवाफमा सपना प्रधान मल्लले भनेकी छिन्, 'यसबारेमा ती महिलाहरु के भन्छन्, त्यसमा भर पर्छ। यदि त्यो उनीहरुलाई पाच्य थिएन भने त्यो यौन हिंसा हो र उनीहरुले यसविरुद्ध मुद्दा दायर गर्न सक्छन्।' त्यसो त सामाजिक सञ्जाल ट्विटरमा मन्त्री*विरुद्ध चर्को आलोचना भएको छ। उनीमाथिका व्यंग्य पनि उत्तिकै चलिरहेका छन्। विश्लेषक जैनेन्द्र जीवनले कृषि मन्त्रीलाई व्यंग्य गर्दै लेखेका छन्, हेर्नुस् ट्विटरमा मन्त्रीको हर्कतबारे आएका प्रतिक्रियाहरु:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell