PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

युनाईट फर नेपालले दियो नुवाकोटको भूकम्प प्रभावित स्कूललाई कम्प्युटर



युनाईट फर नेपालले दियो नुवाकोटको भूकम्प प्रभावित स्कूललाई कम्प्युटर

बेलायतका विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका नेपाली तथा बेलायती विधार्थीहरुको समूह 'युनाईट फर नेपाल'ले भूकम्पबाट ध्वस्त भएको नुवाकोट जिल्लाको एक स्कूललाई सहयोग वितरण गरेको छ।

समुहले नुवाकोटको थप्रेक गाविसस्थित श्री उदय जालपादेवी माध्यामिक विद्यालयलाई कम्प्युटर, प्रिन्टर, कापी, मार्कर, ह्वाइटवोर्ड, डस्टर लगायतका सामाग्री वितरण गरेको हो। करिब तीनसयभन्दा धेरै विधार्थी अध्ययन गरिरहेको यस विद्यालय भूकम्पबाट पूर्ण रुपमा क्षति भएको थियो।

अमेरिकामा  मुख्य कार्यालय रहेको इन्टर्नेशनल डेभलोपमेन्ट इन्स्टिच्युट अन्तर्गत युनाईट फर नेपाल बेलायतको  टीमले विद्यालयलाई राहत सामग्री जुटाएको हो। बेलायतबाट नारायण अधिकारी, हिमाल कार्की, विनु सुबेदी कार्की, कलाकार कालुराम जिम्बा, बिरेन्द्र कार्की , स्मृति मिश्र, लिब्बी विल्किनसन, हाना फारेल, एडिल वेदरली र नेपालबाट माधव राज अधिकारीले सहयोग गरेका थिए।

गत आइतबार उदय जालपा देवी माध्यमिक विद्यालयमा इन्टर्नेशनल डेभलोपमेन्ट इन्स्टिच्युटले एक कार्यक्रम गरी प्रध्यानापक केदार थापा र स्थानीय अभिभावकको माझमा माधवराज अधिकारीले सहयोग सामग्री हस्तान्तरण गरे। भविष्यमा इन्टर्नेशनल डेभलोपमेन्ट इन्सिच्युटको सहयोगमा युनाईट फर नेपाल टिमले विभिन्न खालका सामाजिक जनचेतना कार्यक्रम तथा विद्यालयमा सहयोग पुर्‍याउने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell