PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गोर्खाका ज्ञानप्रसाद कतारमा अलपत्र



  • नवराज विक -
दोहा (कतार) : रोजगारीको क्रममा सन् २०१० मा कतार आएका ताप्ले–२ गोर्खाका ज्ञानप्रसाद श्रेष्ठ विगत १६ महिनादेखि विचल्ली अवस्थामा छन्।
 
न्यू भर्सन टेड्रिङ एन्ड कन्ट्याक्टिङ कम्पनीमा कार्यरत रहेका श्रेष्ठ आफ्नो प्रवेशाज्ञा लगाएको स्पोन्सरकै निधन भएपछि कम्पनी बन्द भई उनले बहिर्गमन अनुमति (एक्जिट परमिट) नपाएपछि नेपाल जान नपाएर समस्यामा परेका हुन्। 
 
पटक पटक नेपाल जाने व्यवस्था गरिदिन नेपाली राजदूतावास जाँदासमेत आफ्नो समस्या नसुनिदिएको उनको गुनासो छ। गत वैशाख १२ गतेको भूकम्पले घर पूरै भत्किएर ध्वस्त भएको अवस्थामा समेत घर जान नपाएको दुखेसो उनले पोखे।
 
उनले भने, “परिवारका सदस्य सबै अझै त्रिपालको बास छ। न यहाँ काम छ, न तलब नै। उता परिवारको विचल्ली छ तर आफूलाई उद्धार गरिदिने कोही भएन।”
 
आफू वैधानिकरुपमा कतार आएर पनि दूतावासको सहयोग नपाएर गैरकानुनीरुपमा बस्न बाध्य भएको भन्दै उनले आफूलाई जतिसक्दो चाँडो नेपाल पठाउन सहयोग गरिदिन आग्रह गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell