PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

समिराको आत्मालाई शान्ति : अमेरिकामा गोली हानी हत्या गर्ने पक्राउ



समिराको आत्मालाई शान्ति : अमेरिकामा गोली हानी हत्या गर्ने पक्राउ
प्रहरीद्वारा सार्वजनिक हत्याको अभियोग लगाइएकाको फोटो

काठमाडौँ : अमेरिकामा नेपाली महिला समिरा शिवाकोटीलाई गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई घटनाको दुई सातापछि गिरफ्तार गरेको छ।

हत्यारा गिरफ्तार भएको खबर प्रहरीले दिने बित्तिकै समिराका श्रीमान् नवराज शिवाकोटीले बल्ल मेरी श्रीमतीको आत्माले शान्ति पाउने भयो भनेको सिबिएस डिएफडब्लुले जनाएको छ।

द कोलोनी प्रहरीले शनिबार बिहान प्रेस सम्मेलन गर्दै डेयोन किङ्ग्सटन जुनियरलाई हत्याको अभियोग लगाइएको जानकारी दिएको छ। 

प्रहरीका अनुसार अभियुक्तबारे अज्ञात व्यक्तिले सुराकी दिएपछि पक्राउ संभव भएको हो। 

३१ वर्षीया दुई साना सन्तानकी आमा समिरालाई र्‍यापिडो कन्भेनियन्स स्टोरमा पसेका डेयोनले ९० सेकेन्डभित्रै त्यहाँको रकम लुटी निर्ममतापूर्वक गोली हानेका थिए। समिराले लुटेराको कुनै प्रतिकार नगरेको भए पनि लुटेराले गोली हानेका थिए।

गएको साता समिराको हिन्दु संस्कार अनुसार भावपूर्ण अन्त्येष्टि गरिएको थियो। & nbsp;

 

On June 18th, 2015, The Colony Police Department captured Deon Dewayne Kingston Jr. with the assistance from the Frisco...

Posted by The Colony Police Department on Saturday, 20 June 2015



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell