PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मनसुन पूर्वको यो कस्तो गर्मी !



मनसुन पूर्वको यो कस्तो गर्मी !

  • अंगद ढकाल/पहिलोपोस्ट- 
काठमाडौं : यसपटक मनसुन सुरु हुने तयारीमा छ। पानी पर्ने हो भने सीमित समयका लागि भए पनि तापक्रम घट्छ। जति बेगका साथ हावा चल्यो, त्यति नै पानी पर्ने सम्भावना हुन्छ। पानी नपर्दा त उखर्माउलो गर्मी। बिहीबार दिउसो काठमाडौंका सडकमा देखिएको गर्मीका फोटा हेर्नुस्।

गर्मीमा सितलो छहारी पाउँदा स्वर्गै पाएजस्तो। एक त भूकम्पपछि मान्छे घर बाहिरै रमाउने बनेको छ, झन् गर्मीले आत्तिँदा रुखको छहारी पाएपछि के चाहियो?



त्यसो त सितलताको खोजी रुखका छहारीमा मात्र हुँदैन। मन्दिरहरुमा पनि खोजी सितलताकै छ। 

झ्यालढोका थुनेर घरभित्र 'सुरक्षित' बस्ने बानी परेका हामीलाई मात्र होइन, वनजंगलमै रमाउने यो प्राणीलाई पनि गर्मीले सताएको छ। अहिले भने ऊ एकछिन छहारीमा सुस्ताएको छ।

सडक किनार, पसल र क्याफेहरुमा आइसक्रिमको 'डिमान्ड' बढेको छ। गर्मी र आइसक्रिम। 

गर्मीमा मान्छेहरुले रुचाउने अर्को पेय हो लस्सी। 

गर्मीसँगै सडक छेउमा फलफूलको बिक्री बढेको छ। 

गर्मीमा बरफ। 

गर्मीको बेला सडकमा हिँड्दाहिँड्दै फलफूल खानेले सबैभन्दा बढी खर्बुजा रुचाउँछन्।  

वैराग्यमा पनि खोजी चिसोकै छ, त्यो पनि मल्टिनेसनल चिसो। 

तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ?

सहरमा गाउँ जस्तो जहाँतहीँ धारा पधेँरा हुँदैनन्। यहाँ पानीको पैसो पर्छ। पानी बोत्तलमा बसेर मान्छेहरु मार्फत यसरी मान्छेहरुसम्म पुग्छ। 

सडक किनारमा बसेर दिनभर व्यापार गर्नु सजिलो छैन। एकातिर धूलो त अर्कोतिर टन्टलापुर घाम। छाता त ओड्नैपर्‍यो नि। 

लुगाले मान्छेको संस्कृति देखाउँछ। त्यो भन्दा बढी मौसम। गर्मी छ। गर्मीसँगै लुगाहरु अलि छोटा बनेका छन्। सितलताकै खोजीमा। 



सितल छहारीमा पढ्नुको मजै बेग्लै। 

गर्मीमा के छ र? उही हो खोजी सितलताको।

छाता ओझेल पारिदेउ चर्को घाममा। 

गर्मीमा कस्तो लुगा लगाउने भन्ने चिन्ता पनि छ सँगसँगै।

गर्मी सबैलाई भएको छ र चाहिएको छ सबैलाई सितल।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell