PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​एनआरएनए अस्ट्रेलियाको मतदान प्रक्रियामा विवाद



अष्ट्रेलिया: गैर आवासीय नेपाली संघ अष्ट्रेलियामा नयाँ नेतृत्वका लागि हुन लागेको चुनावी प्रक्रियामा विवाद शुरु भएको छ। एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया शुरु भई मतदान हुने मिति नजिकिँदै गर्दा मतदान इलेक्ट्रोनिक्स अर्थात् कम्प्युटरको सहायताले विद्युतीय प्रविधिबाट गर्ने कि कागजी मतपत्र प्रयोग गरी गर्ने भन्ने विवाद उठेको हो।

आगामी जुलाई ४ मा अष्ट्रेलिया भर हुने एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय तथा राज्य समन्वय परिषद्को मतदान पक्रियामा विवाद भएको हो। दुई वर्षअघिको निर्वाचनबाटै शुरु भएको इलेक्ट्रोनिक्स मतदान प्रक्रिया आफूहरुलाई मान्य नहुने बताउँदै सुरेन्द्र सिग्देलको नेतृत्वमा रहेको समूहले कागजी मतदान हुनुपर्ने बताएको छ। 

एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा केन्द्रीय नेतृत्वसहित विभिन्न आठ वटा राज्यका छुट्टाछुट्टै स्थानीय नेतृत्व तथा एनआरएनएको भगिनी संस्था नारी निकुञ्ज र अष्ट्रेलियाबाट आइसिसी सदस्य गरी झण्डै १३० पदकालागि मतदान हुँदैछ। ती पदकालागि पदभन्दा झण्डै दोब्बर संख्यामा उम्मेदवारी दर्ता भएका छन्।

मतदानमा अष्ट्रेलियामा सदस्यता दर्ता भएका ५ हजार ८१९ गैर आवासीय नेपालीहरु सहभागी हुन पाउने छन्।

एनआरएन अस्ट्रेलियाको नयाँ नेतृत्वका लागि सिग्देल समू सँगै वर्तमान समितिका सचिव भरत पोख्रेलको अध्यक्षतामा रहेको समूह र ऋषि कँडेल प्रतिष्पर्धामा छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell