PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एपेक्स बैंक घोटालामा थप तीन पक्राउ



पहिलोपोस्ट

एपेक्स बैंक घोटालामा थप तीन पक्राउ

काठमाडौं: एपेक्स बैंकको आर्थिक घोटलामा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार कृवेन्द्र श्रेष्ठ, प्रमोद भट्टराई र सजल बज्राचार्यलाई पक्राउ गरेको हो। 

प्रहरीले श्रेष्ठलाई बनेपा, भट्टराईलाई बालुवाटार र बज्राचार्यालाई बागबजारबाट पक्राउ गरेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जनकारी दिए।

शनिवार मात्र प्रहरीले काठमाडौंको बानेश्वरबाट तत्कालीन बैंकका संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको थियो। एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटला गरेको अभियोगमा ब्युरोले शुक्रबार बैंकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो। 

पक्राउ पर्नेहरुमा एपेक्स बैंकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेको छन्।
 
पक्राउ परेकालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell