PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए काठमाडौँ ?



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए काठमाडौँ ?

काठमाडौंः प्रधानमन्त्रि केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौ बोलाएका छन्। आइतबार संघीय सरकारका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका सचिवहरुलाई प्रदेश सरकार सञ्चालनका विषयमा निर्देशन दिनका लागि काठमाडाैँ बाेलाएका हुन्। 

प्रदेश सरकार सञ्चालनमा अन्यौलता रहेका बेला प्रदेश सरकार सञ्चालनका लागि सहजिकरण गर्न मुख्यमन्त्री सहित उच्च अधिकारीहरुलाई छलफलका लागि काठमाडौँ बोलाइएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ। 

सोही छलफलमा प्रधानमन्त्री ओलीले प्रदेश सरकार सञ्चालन, सम्वृद्धि नेपाल, भ्रष्टाचार नियन्त्रण र सुशासनका विषयमा निर्देशन दिने बताइएको छ। 

छलफलमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ अन्तर्गत विकासका मोडलहरुबारे प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीसँग छलफल गर्ने छन्। 

प्रदेश सरकार सञ्चालनका सम्बन्धमा आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको एक टोलीले प्रधानमन्त्री ओलीसँग छलफल गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell