PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रिलिज भयो 'लम्फू'को दोस्रो गीत



रिलिज भयो 'लम्फू'को दोस्रो गीत

काठमाडौँ : नेपाली चलचित्र ‘लम्फू’को दोश्रो गीत 'दोधारमा परेँ म'को भिडियो रिलीज भएको छ। यो गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेका छन् ।

वैशाख २८ मा रिलीज हुने ‘लम्फू’को यस गीतमा नायिका मरिश्का पोखरेलको अभिनय रहेको छ भने नव-नायक कविर खड्का पनि भिडियोमा छन्। यस गीतका कोरियोग्राफर शिव विक हुन्। गीतमा एक युवतीले आफ्नो वैवाहिक जीवनलाई कस्तो बनाउने र कोसँग बिवाह गर्ने भन्ने बारेमा साथीहरुसँगको मनोभाव व्यक्त गरेको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell