PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश ५ का जेष्ठ सदस्य शर्मा कांग्रेस संसदीय दलको नेतामा चयन



पहिलोपोस्ट

प्रदेश ५ का जेष्ठ सदस्य शर्मा कांग्रेस संसदीय दलको नेतामा चयन

रुपन्देही:  नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदकै जेष्ठ सदस्य वलदेव शर्मा संसदीय दलको नेतामा चयन भएका छन्। कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको उपस्थितिमा प्रदेश सभाका सदस्यहरुको बैठकबाट शर्मा निर्बिरोध दलको नता चयन  भएका हुन्। 

५ जनाको उम्मेद्वारी दर्ता भएकोमा आज अन्तिम समयमा रुपन्देहीका फकरुद्धिन खा, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका  बीरबहादुर राना र दाङका डिल्ली चौधरीले उम्मेद्वारी फिर्ता  लिएका थिए।

गत फागुन ६ गते संसदीय दलको नेता चयनका लागि उमेद्वारी दर्ता गर्दा ५ जनाको उम्मेद्वारी परेपछि सहमतिका लागि पटकपटक मतदानको कार्यक्रम स्थगित गरीएको थियो।

कांग्रेस केन्द्रले दलको प्रदेश संसदीय दलको नेता चयन गर्न केन्द्रिय सदस्य खाँणलाई जिम्मा दिएको थियो भने निर्वाचन प्रक्रिया अघि बढाउन बरिष्ठ अधिबक्ता बुद्धबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको थियो। 

संसदीय दलको नेतामा सर्वसम्मत भएका शर्मा प्रदेश ७९ वर्ष पुगे । शर्माले सभामुख चयन नहुँदासम्म  प्रदेश सभामा सभामुखको भुमिका निर्वाह  गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell