PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश नं ५ मा थपिए ३ मन्त्री: मन्त्रिपरिषदले अझै पूर्णता पाएन



चन्द्रकान्त खनाल

प्रदेश नं ५ मा थपिए ३ मन्त्री: मन्त्रिपरिषदले अझै पूर्णता पाएन

रुपन्देही: प्रदेश ५ मा आज सरकार विस्तार भएको छ। मन्त्री थपिए पनि  प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता भने  पाएको छैन। 
एमालेले दुई  र माओवादी केन्द्रबाट मन्त्री गरी आज थप ३ जना मन्त्री थपिएका छन्।

एमालेबाट लिला गिरीलाई  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,  आरती पौडेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र माओवादी केन्द्रबाट गुल्मीका सांसद सुदर्शन बरालले सामाजिक विकास मन्त्रालय  सम्मालने गरि मन्त्रीपरिषद बिस्तार भएको छ।

गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’बाट निवाचित सांसद् हुन्। त्यस्तै, माओवादीले गुल्मी १ ‘क’ बाट निर्वाचित सुदर्शन बराल रहेका छन्। 

यसअघि फागुन ३ गते मुख्यमन्त्रीसहित ३ जनाको मन्त्रीपरिषद् गठन भएको थियो।  शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। उनीहरुलाई  मुख्यमनत्रीको सिफारीसमा प्रदेश प्रमुख उमाकान्त झाले सपथ गराएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell