PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज, ‘वाम उम्मेदवार दाहाललाई सहज बहुमत’



पहिलोपोस्ट

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन आज, ‘वाम उम्मेदवार दाहाललाई सहज बहुमत’

काठमाडौँः राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि आज निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ। उपाध्यक्षका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल र कांग्रेसका तर्फबाट विन्दादेवी आले रानाले उम्मेदवारी दिएका छन्।

दिउँसो १ बजेको बैठकमा उम्मेदवारको नाम निर्णयार्थ पेश गरिनेछ। एकभन्दा बढी मनोनयन परेका कारण मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ।

मत विभाजनमा पहिलो प्रस्तावले बहुमत पाएमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिन्न। सभामा पेश भएको पहिलो प्रस्तावले बहुमत पाउन नसकेमा दोस्रो प्रस्तावलाई निर्णयार्थ पेश गरिनेछ।

राष्ट्रियसभामा ५९ सदस्य छन्। उपाध्यक्षमा निर्वाचित हुन ३० सदस्य आवश्यक पर्छ। वाम गठबन्धनको दुई तिहाइ रहेको सभामा गठबन्धनकी उम्मेदवार दाहालको जित निश्चित छ।

राष्ट्रियसभामा दुई मनोनीत सदस्यसहित एमालेका २९ सदस्य छन्। यो संख्या बहमुतभन्दा एक मतले कम हो। यस्तै, एक मनोनीत सदस्यसहित माओवादी केन्द्रका १३ सदस्य सभामा छन्। कांग्रेसका पनि १३ नै सदस्य राष्ट्रियसभामा छन्। मधेशी जनअधिकार फोरम नेपालर राष्ट्रिय जनता पार्टी नेपालका दुई÷दुई सदस्य राष्ट्रियसभामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell