PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

जंगलको कथा सङ्ग्रह 'छाया' विमोचित



पहिलोपोस्ट

जंगलको कथा सङ्ग्रह 'छाया' विमोचित

काठमाडौं: शनिबार राजधानीको सर्वनाम नाटकघरमा ज्योति जङ्गलको कथासङ्ग्रह 'छाया' विमोचन गरिएको हो। उनको कृति समीक्षक राजकुमार बाँनिया, महेश पौड्यल, कुमारी लामा र लेखिकाले संयुक्त रुपमा विमोचन गरे।

विमोचनसँगै भएको अन्तरक्रियामा समीक्षक बाँनियाले ज्योतिका कथाहरुमा  कमजोर पात्र भएको र पात्रलाई धेरै पीडा बोकाएको बताए। कथा सानो तथा थोरै भएतापनि गहनता, यथार्थवादी बोकेको समालोचक महेश पौडेलको भनाई थियो। 

साहित्य सर्जक एवं समीक्षक कुमारी लामाले ज्योतिका कथाले विद्रोह प्रस्तुत गरेको बताइन् । उनले भनिन, 'फरकफरक पाटाका हुन्छन् कथामा बिद्रोह नगरिएको जस्तो भएता पनि कथाले बिद्रोहको नै रुप लिएको छ।'
 
लेखक ज्योतिले समाजको परिवेशले कमजोर पात्र समेट्न बाध्य बनाएको जानकारी गराइन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको छायामा ११ कथा छन् । जंगलका 'पहाडको मन' र 'मुक्त समय' कवितासङ्ग्रह साथै 'अक्षरमा तिमी' गजलसङ्ग्रह प्रकाशित भैसकेको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell