PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रेणु दाहाललाई विप्लप माओवादीको पत्र: मेयरबाट राजीनामा देउ, अन्यथा कारवाही गरिनेछ



पहिलोपोस्ट

रेणु दाहाललाई विप्लप माओवादीको पत्र: मेयरबाट राजीनामा देउ, अन्यथा कारवाही गरिनेछ

काठमाडौं: भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले राजीनामा दिन भन्दै पत्रचार गरेको छ।

जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेलको नाममा हस्ताक्षरित पत्र पठाइ उनीसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिन भनेको छ।

'जनविरोधी दलाल संसदीय सत्ताको प्रतिनिधि बनेर जनताको नजरमा कलंकित बन्नुको सट्टा आफ्नो प्रमुख पदीय ओहोदाबाट राजीनामा दिई जनपरिषद्लाई वैकल्पिक जनसत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्माणमा सहयोग गर्न यसपत्रमार्फत आग्रह गरिन्छ,' पत्रमा लेखिएको छ, 'अन्यथा वर्गसंघर्षको निशाना बनी निस्कने परिणामको जिम्मेवारी स्वयं हुनुपर्ने कुरासमेत शालीनतापूर्वक जानकारी गराइन्छ।'

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रोपटक प्रधानमन्त्री भएपछि विप्लपले देशव्यापी रुपमा जनपरिषद् गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell