PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

फ्राइडे रिलिज : बलिउडको 'रेड' र हलिउडको 'टम्ब रेडर'को प्रतिस्पर्धामा 'पञ्चायत'



फ्राइडे रिलिज :  बलिउडको 'रेड' र हलिउडको 'टम्ब रेडर'को प्रतिस्पर्धामा 'पञ्चायत'

काठमाडौँ : यो साता नेपाली फिल्म पञ्चायतसँगै हलिउड र बलिउडको एक एक फिल्मले प्रतिस्पर्धा गर्दैछन्। 

पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत' मा मा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको छ।

फागुन १७ गते रिलिज टार्गेट गरे पनि आज बल्ल रिलिज भएको ‘पञ्चायत’लाई रवि अधिकारी, गणेश गिरी, सुशान्त श्रेष्ठ र शंकर सुवेदीले संयुक्त रुपमा निर्माण गरेका हुन्। शिवम अधिकारीको निर्देशन रहेको फिल्ममा टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन छ।

अमेरिकामा भएको ‘सान फ्रान्सिस्को इन्टनेशनल न्यु कन्सेप्ट फिल्म फेस्टिभल’मा फिल्म उत्कृष्ट घोषित भएको थियो। त्यस्तै फिल्मको लागि अभिनेत्रीले नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। 

बलिउडतर्फ अजय देवगनको मुख्य भूमिका रहेको रेड रिलिज भएको छ। राजकुमार गुप्ता निर्देशित फिल्ममा इलियाना डि क्रुज नाषिका छिन्। ८० को दशकमा भारतीय आयकर विभागले छापा मारेको घटनाबाट प्रभावित भई यो फिल्म बनेको हो। यसमा देवगन इन्कम ट्याक्स अफिसरकै भूमिकामा छन्। 

हलिउडतर्फ अमेरिका र नेपालमा एकैसाथ एक्सन एडभेन्चर फिल्म टम्ब रेडर रिलिज भएको छ। फिल्ममा लारा क्रोफ्टको भूमिकामा एलिसिया भिकान्दर छिन्। फिल्म विश्व बजारमा आइम्याक्स थ्रीडी र रियल डी थ्रीडीमा पनि रिलिज भएको छ। काठमाडौँमा क्युएफएक्सले शुक्रबार र शनिबार यो फिल्मलाई १६ शो दिएको छ। जबकि पञ्चायतले चार मात्रै शो पाएको छ भने रेडले सबैभन्दा बढी २१ शो पाएको छ। 






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell