PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

विस्तार भयो सरकार, एमाले र माओवादीबाट मन्त्री थपिँदा फोरम अझै सरकार बाहिरै



पहिलोपोस्ट

विस्तार भयो सरकार, एमाले र माओवादीबाट मन्त्री थपिँदा फोरम अझै सरकार बाहिरै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा थपिएका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छिन्। आज ११ मन्त्री र ४ राज्यमन्त्री थपिएका हुन्।

विस्तारित मन्त्रिपरिषदका सदस्यहरु प्रदीप ज्ञवाली, परराष्ट्र, गोकर्ण विष्ट, श्रम तथा रोजगार, रवीन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन, शेरबहादुर तामाङ कानून, न्याय तथा संसदीय मामिला, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार, जगत विश्वकर्मा, युवा तथा खेलकुद, रहेका छन्। नेकपा एमालेबाट यी बाहेक गोकुल बास्कोटा, धनबहादुर बुढा र पद्मा अर्याल राज्य मन्त्री बनेका छन्। 

त्यसैगरी माओवादी कोटाबाट गिरिराजमणि पोखरेल, शिक्षा, वर्षमान पुन, उर्जा, शक्ति बस्नेत, वन, विना मगर, खानेपानी, चक्रपाणी खनाल, कृषि तथा सहकारी मन्त्री बनेका छन्। माओवादीबाटै रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाइएको छ। 

ओली प्रधान मन्त्री भएको ठीक एक महिनापछि तेस्रो पटक मन्त्रिपरिषद विस्तार भएको हो। गत फागुन १४ गते दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरिएको थियो। 

संघीय समाजवादी फोरम पनि आजैबाट सरकारमा जाने भनिए पनि सहमति नजुट्दा प्रतिनिधित्व भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell