PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गुन्डा नाइके गणेश लामा बचाउन उत्रियो कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी



पहिलोपोस्ट

गुन्डा नाइके गणेश लामा बचाउन उत्रियो कांग्रेस, रिहा नगरे आन्दोलनको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका नेताहरुले बुधवार गौशलाबाट हतियार सहित पक्राउ परेका कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामालाई तत्काल रिहा गर्नुपर्ने माग राखेका छन्। 

शुक्रवार रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी लामाको तत्काल रिहाइ नभए आन्दोलनमा उत्रिने नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले चेतावनी दिए। आचार्यले भने, 'सरकारले दुई तिहाई बहुमतको आडमा प्रमुख प्रतिपक्षमाथि दमनको नीति लिएको हो।' आचार्यले तत्काल रिहा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

नियमित व्यायाम गरेर फर्कने क्रममा उनीमाथि राजनीतिक पूर्वाग्रहबाट प्रेरित भइ नियोजित षड्यन्त्र गरी गोली हानी हत्या प्रयास भएको आचार्यको दावी छ।

प्रहरीले लामालाई बुधवार राति एक थान पेस्तोल र ६ राउण्ड गोली सहित पक्राउ गरेको हो। लामालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने बिहीवार जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ।

विजय गच्छदारको पार्टी लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य रहेका लामा पार्टी कांग्रेसमा विलय भएसँगै रुख चिह्न लिएर प्रदेश सभाको चुनावी मैदानमा उत्रेका थिए। 

काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा लामा नेकपा एमालेका चन्द्र लामासँग पराजित भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell