PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कांग्रेसका तीन सांसद एमालेकी उपसभामुख उम्मेदवारको विपक्षमा भोट नदिई गायब, तुम्बाहाम्फे निर्वाचित



कांग्रेसका तीन सांसद एमालेकी उपसभामुख उम्मेदवारको विपक्षमा भोट नदिई गायब, तुम्बाहाम्फे निर्वाचित
उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई बधाई तथा शुभकामना दिनुहुँदै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फोटो : नवीन पौडेल, रासस

काठमाडौंः प्रतिनिधिसभाको उपसभामुखमा एमाले सांसद शिवमाया तुम्बाहाम्फे निर्वाचित भएकी छिन्। 

शुक्रबार भएको निर्वाचनमा तुम्बाहाम्फेको पक्षमा पक्षमा २०१ मत र विपक्षमा ५८ मत परेको जानकारी सभामुख कृष्णबहादुर महराले दिए। मतविभाजनमा २५९ सांसद उपस्थित थिए।  

तुम्बाहाम्फेभन्दा अघि नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले दिएको मनोयनको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो। प्रस्तावको पक्षमा ६१ मत परेको थियो भने विपक्षमा २०१ मत परेको थियो। मत विभाजनमा २६२ सांसद उपस्थित थिए।

नेपाली कांग्रेसका तीन सांसद आफ्नो दलका उम्मेदवारलाई मत हालेपछि एमालेकी उम्मेदवारको विपक्षमा मतदान नगरी गायब भएका हुन्।   


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell