PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विमान दुर्घटनामा कति जनाको मृत्यु : प्रधानमन्त्री भन्छन् ४९ जना, सभामुख भन्छन् ५१ जना



विमान दुर्घटनामा कति जनाको मृत्यु : प्रधानमन्त्री भन्छन् ४९ जना, सभामुख भन्छन् ५१ जना

काठमाडौँ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्ला एयरको विमान दुर्घटनामा कति जनाको मृत्यु भएको भन्ने तथ्याङ्कमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा अलमलिएका छन्। 

आज प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्रीले दुर्घटनाको विषयमा जानकारी गराएका थिए। यस क्रममा उनले दुर्घटनामा ४९ जनाको मृत्यु भएको बताए। 

लगत्तै सभामुख कृष्णबहादुर महराले विशेष प्रस्ताव वाचन गरे जसमा ५१ जनाको मृत्यु भएको उल्लेख छ। 

प्रधानमन्त्री ओलीले दुर्घटनामा २२ नेपाली, २६ बंगलादेशी र एक चिनियाँ नागरिकको निधन भएको जानकारी सदनलाई दिएका थिए भने सभामुख महराको विशेष प्रस्तावमा २२ नेपाली र २८ बंगलादेशी अनि एक चिनियाँ नागरिकको मृत्यु भएको उल्लेख छ। 

लगभग दुई मिनेटको फरकमा मृत्यु हुनेको संख्यामा संसदले दुई फरक तथ्याङ्कबारे जानकारी पायो।  


दुई मिनेट सबै सांसदले उभिएर मौन धारण गरेपछि संसदको बैठक १५ मिनेटका लागि स्थगित भयो। 

यसअघि गृहमन्त्रालयले फागुन २९ गते सुरुमा ५१ जनाको मृत्यु भएको प्रेस विज्ञप्ति जारी गरेको थियो। तर पछि त्यसलाई सच्याउँदै ४९ जनाको मात्र मृत्यु भएको अर्को विज्ञप्ति जारी गरेको थियो। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell