PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नक्कली लालपूर्जामा ऋण दिने बैंकका कर्मचारी प्रहरी फन्दामा, समातिए १३ जना



सविन ढकाल

 नक्कली लालपूर्जामा ऋण दिने बैंकका कर्मचारी प्रहरी फन्दामा, समातिए १३ जना

काठमाडौं : नक्कली लालपूर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसीसी बैंकका कर्मचारीलाई पक्रेको छ। ब्यूरो प्रमुख पुष्कर कार्कीले भने – 'यो प्रारम्भिक अपरेसन हो। हामी अनुसन्धान गरिरहेका छौं।'
 
एनसीसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकको आग्रहमा ब्युरोले अनुसन्धान थालेको हो। करिब २ सय करोडको ऋणमध्ये ४४ करोड रुपैयाँ भुक्तानी भइसकेको छ।
 
१ सय ५६ करोड रुपैयाँ ऋण उठ्न नसक्ने अवस्थामा पुगेपछि राष्ट्र बैंकले एनसीसीलाई ऋणको नोक्सानी ब्यवस्थापन गर्न निर्देशन समेत दिएको थियो। यही ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकले प्रहरीमा कारवाहीका लागि पठाएको हो।
 
एपेक्सका तत्कालीन अध्यक्ष विष्णुप्रसाद धिताल र ब्यवस्थापनको मिलेमतोमा ऋण दुरुपयोग भएको राष्ट्र बैंक स्रोतले जानकारी दियो। उनले झापा, काठमाडौं लगायतका क्षेत्रमा कागजी जग्गा बनाएर ऋण दिएका थिए।
 
साथै मर्जरमा साइन गरेपछि एक करोडमाथिको ऋण दिनु परे मर्जर समितिलाई जानकारी गराउनु पर्ने सहमति विपरित ऋण लगानी भएको थियो। एपेक्सले एक करोड भन्दा सानो फाइल बनाउँदै दुई अर्ब ऋण लगानी गरेको अनुसन्धानमा देखिएको छ।  

नेपाल राष्ट्र बैंकले कारवाहीका लागि दुई साता अगाडि सिआइबीलाई लेखेको थियो। अहिलेसम्म धिताल र डिठ्ठा बहादुर तामाङसहित १३ जना पक्राउ परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell