PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आज थपिने मन्त्रीहरु को को हुन्?



पहिलोपोस्ट

आज थपिने मन्त्रीहरु को को हुन्?

काठमाडौं : आज विस्तार हुन लागेको मन्त्रिपरिषदमा नेकपा एमालेबाट प्रदीप ज्ञवाली, रघुबीर महासेठ र भानुभक्त ढकाल थपिने सम्भावना बढेको छ। एमालेबाट बाँकी को मन्त्री बन्ने भन्ने छलफल जारी छ।

आजैबाट संघीय समाजवादी फोरम पनि सरकारमा सामेल हुँदैछ। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ अहिले नेकपा एमाले संसदीय दलको कार्यालयमा छलफलमा छन्। सम्भवत, यी दुवैले मन्त्रीका रुपमा आज सपथ ग्रहण गर्नेछन्।  

आज अपरान्ह ४ बजे मन्त्रीको शपथका लागि अनौपचारिक रुपमा राष्ट्रपति कार्यलयलाई खबर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। 

प्रधान मन्त्रीका सूचना प्रेसक रामशरण बजगाईका अनुसार राजनीतिक सहमति जुटाएर  आजै पूर्ण रुपमा मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ। 

राजनीतिक सहमति जुटन नसके आंशिक रुपमा भए पनि आज मन्त्रिपरिषद्को बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको उनले जानकारी दिए। 

यता माओवादी नेता देवन्द्र पौडेलका अनुसार आजै सरकार विस्तारको विषयमा छलफल चलिरहेको छ। 

'जतिसक्दो चाँडो सरकारलार्इ पूर्णता दिएर चुनाबमा जनतासँग गरिएका वाचाहरू पूरा गर्नुपर्ने छ,' पौडेलले पहिलोपोस्टसँग भने, 'आजै सरकार विस्तारको तयारी भइरहेको छ।' 

माओवादीबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, विना मगर, शक्ति बस्नेत र जनार्दन शर्माको नाम मन्त्रीको चर्चामा छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell