PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलार्इ



पहिलोपोस्ट

मन्त्री छनोटको जिम्मेवारी अध्यक्ष प्रचण्डलार्इ

काठमाडौंः नेकपा माओवादी केन्द्रले मन्त्री छनोटको लागि अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली आज मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरिरहेका बेला माओवादी केन्द्रले मन्त्रीको छनोट गर्न प्रचण्डलाई जिम्मेवारी दिएको हो। 

माअोवादीभित्र मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकस परेको छ। यस्तो बेला माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागि हुने थप मन्त्रीको नाम टुंग्याउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको हो।

माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले मन्त्री छनोटको सम्पुर्ण जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको जानकारी दिईन्। 'पार्टीबाट सरकारमा को को नेता सहभागि हुने निर्णय अध्यक्षले गर्नुहुनेछ,' उनले भनिन्। 

यस अघि नै प्रधानमन्त्रिको कार्यलय सहित १८ मन्त्रालय बनाउने मन्त्रीपरिषद्को बैठकले निर्णय गरिसकेको छ। जस अजुसार १० एमाले र ७ माओवादीको भागमा परेको थियो।
 
फोरमलाई पनि सरकारमा सहभागि गराउन एमाले–माओवादीले छलफल गरिरहेका छन्। फोरम सरकारमा सहभागि भए दुर्इ दलले पाउने मन्त्रालयको संख्या घट्ने हुँदा मन्त्रीको नाम टुंग्याउन समय लागेको हो। 

मन्त्रालयको टुंगो लागेपछि माओवादीबाट मन्त्री बन्नेहरुको सुचि प्रधानमन्त्रीलाई बुझाउने तयारीमा प्रचण्ड रहेका छन्। 

रामबहादुर थापा बादल र मातृका यादव गरि माओवादी केन्द्रबाट दुई मन्त्री अोली सरकारमा सहभागि छन्। 

बाँकी मन्त्रीहरुका लागि वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, विना मगर र जनार्दन शर्माको नाम चर्चामा छ। 

माओवादी केन्द्रको पार्टी सचिवालयका अनुसार अहिले मन्त्रीको लागि चर्चामा रहेकाहरु मध्ये एक दुई जना फेरबदल हुन सक्ने सम्भावना रहेको छ।
  
चर्चामा रहेका मध्ये विना मगर बाहेक सबै यसअघि मन्त्री भइसकेका छन्। कञ्चनपुर १ बाट निर्वाचित विना मगर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell