PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सिरिया युद्धका रक्तपातपूर्ण ८ वर्षः साढे तीन लाख बढीले गुमाए ज्यान



पहिलोपोस्ट

सिरिया युद्धका रक्तपातपूर्ण ८ वर्षः साढे तीन लाख बढीले गुमाए ज्यान

बेरुतः २०११ मार्च १५ मा राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै सुरू भएको सिरियाली विद्रोह त्यसको केही महिनामै गृहयुद्धमा परिणत भयो। 

यो ८ वर्षमा तीन लाख पाचास हजार भन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन्। 

शान्तिपूर्ण अान्दोलनको रूपमा सुरू भएको अान्दोलनले युद्धको रूप ग्रहण गर्दा दुर्इ करोड भन्दा बढी सर्वसाधारण विस्थापित भएको एएफपीले जनाएको छ। 

सरकारको दमन बढ्दै जाँदा विपक्षी आन्दोलनकारीहरुले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच यस्तो युद्ध जारी रहेको छ। 

सरकार समर्थित सरकारी सेना र विद्रोही लडाकुबीच दैनिक जसो गोलावारी हुँदै अाएका छन्। सरकारलार्इ रूसले समर्थन गरिरहँदा त्यहाँका केही विद्रोहीलार्इ अमेरिकाले समर्थन गरिरहेको छ। 

त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएको पछिल्लो प्रयास पनि सफल हुन सकेन्। 

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू-भागमा पर्ने गुटामा आक्रमण जारी राखेको छ। 

त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन्। सिरियाली गृहयुद्धको भुमरीमा हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन्। 

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन्। 

संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँका करिब दुई करोड व्यक्ति विस्थापित भएका छन्। यो सिरियाको करिब आधाजति जनसंख्या हो। 

पछिल्लो समय राजधानी दमास्कस नजिकैको पूर्वी गुटा क्षेत्रमा सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाहीलार्इ तिब्र बनाउँदै लगेका छन्। 

सो आक्रमणमा परी १८ दिनमा नै एक हजार २४६ जना भन्दा बढी सर्वसाधारण मारिएका छन्।  जसमध्ये २५२ बालबालिका र १७१ महिला रहेको बताइएको छ। 

बुधबार मात्र यहाँ ७६ जना मारिएको सिरियन अब्जभेटरी फर ह्युमन राइटले जनाएको छ। जसमध्ये सात जना सरकारी फौजका सदस्य र ३८ जना सर्वसाधारण रहेका छन्। बाँकी विद्रोही भएको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell