PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पाकिस्तानमा पूर्व प्रधानमन्त्री शरीफको घर नजिक शक्तिशाली विष्फोट ९ को मृत्यु



पहिलोपोस्ट

पाकिस्तानमा पूर्व प्रधानमन्त्री शरीफको घर नजिक शक्तिशाली विष्फोट ९ को मृत्यु
Photo: The Nation

इस्लामाबादः पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको घर नजिकै अात्मघाती बम विष्फोट भएको छ। विष्फोटमा परी ९ जनाको मृत्यु भएको छ। 

घटनामा कम्तीमा २५ जना मानिस घाइते भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। 

मृतकमध्ये ५ जना प्रहरी जवान रहेको बताइएको छ। तालिवान अात्मघाती हमलाकारीले राइवीन्ड सडकमा रहेको प्रहरी चेकप्वाइन्ट नजिक अाफैलार्इ विष्फोट गराएका थिए। 

घटनामा घाइते भएकाहरूलार्इ अस्पताल भर्ना गरिएको छ। 

लाहोरका प्रहरी प्रमुख हैदर असर्फले अात्मघाती हमलाकारी करिब ६ हजार भन्दा सहभागी भएको प्रार्थना सभा प्रवेशको तयारी गरिरहेका थिए। उनलार्इ प्रहरीले पहिलो चेकपोस्टमै रोके। 

घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएका छैनन्। लाहोरमा पछिल्लो समय अातकंवादी हमला बढ्न थालेका छन्। यसअघि पञ्जाबका मुख्यमन्त्री शाहबाज शरीफको कार्यालय अगाडि विष्फोट हुँदा २७ जनाको मृत्यु भएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell