PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सगरमाथाको भूमिलाई अभिवादन गर्न देशलाई बिदा माग्दै आएका थिए यी बंगाली



पहिलोपोस्ट

सगरमाथाको भूमिलाई अभिवादन गर्न देशलाई बिदा माग्दै आएका थिए यी बंगाली

काठमाडौं: महिना दिनको कामको तनावलाई भुलाउन उनीहरु विदामा विदेश घुम्न जाने योजनामा थिए। उनीहरुले साथीहरुको सल्लाहमा गन्तव्यमा तय गरे, नेपाल। 

दुवै साञ्जिदा हक र उनका पति रफिक जमानले सोचिरहेका थिए यो भ्रमण आफ्ना सात वर्षका छोरा अनिरुद्ध जमानका लागि एउटा सुखद उपहार हुने छ। 

दुवैले अफिसबाट विदा लिए। योजनाअनुसार नै हिजो (सोमबार) ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट युएस–बंगला विमान चढे। यो उनीहरुको एक साथको अन्तिम उडान थियो। 

६७ जना यात्रु र चार जना चालक दलका सदस्यसहित उडेको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ५० को मृत्यु भयो। 

साञ्जिदा नागरिक समाजको एउटा कार्यालयमा काम गर्थिन्। रफिक पनि आफैमा समाजसेवी थिए। उनी अपांगता भएका नागरिकहरुको सेवामा खोलिएको संस्थामा काम गर्थे। सांजिदाले ‘फेमली ट्रिप’का लागि तीन दिनको विदा लिएकी थिइन्। घरका सन्तानहरु मध्ये जेठी थिइन् उनी। 

‘उनी एकदम मिहेनती थिइन्, मैले नै उनलाई यो ट्रिपको लागि सुझाब दिएको थिएँ, उनले अझै पनि आफ्नो विदाका कारण अफिसमा कुनै नोक्सानी हुन्छ की भन्ने चिन्ता व्यक्त गरिहेकी थिइन्’ मजुमदारले भने, ‘मसँग यो पीडा व्यक्त गर्ने अहिले कुनै शब्द छैनन्।’ 

विमान दुर्घटनाको खबरसँगै ढाका रहेका रफिकका भाई फिल्म मेकर अबु साहीद इमोनले नेपालमा रहेका आफ्ना साथी पत्रकारसँग सम्पर्क गरी दाजु भाउजुको खोजीका लागि आग्रह गरेका थिए। 

उनी अझै पनि कुनै आश्चर्य हुने र दाजु भाउजुसँगै भतिज ढाका ओर्लिने आशा व्यक्त गरेका छन्। ‘म कुनै मिराकलको अपेक्षा गरिरहेको छु, मैले प्रतिक्षा गरिरहेको छु कुनै मिराकल होस,’ फिल्मेकर समेत रहेका उनले फेसबुक कन्भरसेसनका क्रममा उनले भने, ‘स्थानीय मिडियाहरुले उनीहरु मरिसकेको भनिरहेका छन्। उनीहरु अब छैनन् भनेका छन्, अझै पनि आशा गर्छु यी सबै समाचारहरु झुटा हुन, उनीहरु फेरी फर्केर आउने छन्।’ 

विमान भएका इमराना कविर हसी र रोकिबुल हसनका लागि विदा सँधै रोमाञ्चक हुन्थ्यो। उनीहरु विदामा कहिँ न कहीँ घुम्न पुग्थे। यसपाली भने उनीहरुले लामो यात्राको योजना बनाएका रहेछन्। 

राजशाही विश्वविद्यालयकी कम्प्यूटर साइन्स एण्ड इन्जिनियरिङकी विद्यार्थी हसीले १५ दिनको विदा लिएकी थिइन्। उनी र सफ्टवेयर इन्जिनियर उनका पति हसनले यसपालि काठमाडौँ यात्राको योजना बनाए। 

तर यो विदा उनीहरुका लागि दुःखद बन्यो। हसनको दुर्घटनामा परी निधन भयो। हसीको गम्भिर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ। 

‘उनीहरुको जोडी खुसी र सुखी जोडी थियो, उनीहरुलाई त्यस्तो भयो भन्ने मैले विश्वास नै गर्न सकेको छैन्,’ हसीका सहकर्मी तथा विश्वविद्यालयका सहप्राध्यापक मुमु अक्तरले भने। 

हसी राजशाही शहरमा भाडामा बस्थिन, उनका पति राजधानी ढाकामा बस्थे। 

सोमबार ढकाबाट उडान भर्नु अघि प्यास रोयले विमानस्थलभित्रबाट फेसबुकमा सेल्फी हालेका थिए, ‘पाँच दिनका लागि टाटा मेरो देश, अभिवादन सगरमाथाको भूमिलाई’।

सेख सायरा खातुन मेडिकल कलेज एण्ड हस्पिटल गोपालगञ्का पूर्व विद्यार्थी उनको समेत विमान दुर्घटनामा मृत्यु भएको छ। 

फेसबुकमा आफूलाई चिनाउँदै लेखेका छन्, ‘घुम्नु मेरो जुनुन हो, म देश विदेश घुम्न मन पराउँछु।’ 

यो यात्रा  अलमुन नहर एन्नीका लागि पनि दुःखद रह्यो। उनले आफ्नी तीन वर्षकी छोरीलाई पहिलो पटक विदेश यात्रा गराउँदै थिइन्। 

उनी आफ्ना पति एफएच प्रियोक र उनका देवर मेहरी हसनसँगै उनकी श्रीमा सैयद कमरुनहार सुवार्नासँगै यात्रा गरिरहेकी थिइन्। 

उनीहरुको स्वागतमा पोखराको कोटिहोम होटल तयारी गरिरहेको थियो। पोखरा लेकसाईडमा रहेको होटलमा उनीहरुले दुईवटा डबल स्टान्र्डड रुम बुक गरेका थिए। 

मेहदी हसनको नाममा चार जना वयस्क र एक जना दुई वर्षका नावाल भन्दै होटल बुक भएको छ। होटेलको रिजर्भेसन लिस्टमा सोमबार साँझ चेक–इन समय छ। त्यस्तै शुक्रबार चेक आउटको समय छ।  

होटलले आज विहान फेसबुकमा लेखेको छ, ‘डियर अलमुन नहर एन्नी र मेहदी हसन, हामी तपाईँहरुको स्वागतको पर्खाइमा ढोकामा कुरिरहेका थियौँ, तर आज तपाईँको नाम विमान दुर्घटनाको लिस्टमा देख्यौँ सारै दुःख लाग्यो।’


बंगलादेशको योजना आयोगको जेनरल इकोनोमिक डिभिजनका दुई जना वरिष्ट सहसचिवहरु नाजिया अफ्रिन चौधरी युमे सल्मा पनि जहाजमै थिए। उनीहरु नेपालमा वातावरण सम्बन्धी एउटा सम्मेलनमा सहभागी हुन आँउदै थिए। उनीहरुको नाम पनि दुर्घटनामा जीवितहरुको लिष्टमा छैन्। 

‘मलाई कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो। म गइन्ँ, मैले उनीहरुलाई कार्यक्रममा सहभागी हुनका लागि छानोट गरेको थिए उनीहरु डिभिजनका योग्य अधिकारी थिए,’ डिभिजनका वरिष्ठ सचिव शामसुल अलामले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell