PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

‘मेयर चौधरीमाथि गोली प्रहार विप्लव समूहबाट’



पहिलोपोस्ट

‘मेयर चौधरीमाथि गोली प्रहार विप्लव समूहबाट’
तस्वीर चौधरीको फेसबुकबाट

काठमाडौँः कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। विगतदेखि नै चन्दाका लाथि दबाव दिँदै आएको र केही घटनाक्रमका कारण मेयर चौधरी आलोचित भएको अवस्थामा विप्लव समूहले गोली प्रहार गरेको प्रहरीको अनुसन्धान छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ‘विगतमा पनि चन्दाका लागि पत्राचार भइसकेको रहेछ। चन्दामा कुरा नमिल्दा नेकपाका कार्यकर्ता र उनीबीच विवाद रहेछ। पछिल्ला केही घटनाक्रममा मेयर विवादमा परेपछि यही मौकामा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’

मेयर चौधरी पछिल्लोपटक ‘बोक्सीको आरोप’मा एक युवती कुटिएको घटनामा रमिते बनेको भन्दै आलोचित बनेका थिए। घटनापछि विप्लव समूहले कारबाहीको चेतावनी समेत दिएको थियो।

चौधरीलाई सोमबार साँझ नगरपालिकाको सुख्खड बजारस्थित निवासमा अज्ञात समूहले गोली प्रहार गरेको थियो। उनको नेपालगञ्जमा उपचार भइरहेको छ। चौधरीको खुट्टा र कम्मरमा गोली लागेको छ। टाउकोमा खुकुरी प्रहार भएको छ।


शिक्षण संस्था बन्द

यसैबीच मेयर ममताप्रसाद चौधरीलाई गोली प्रहार गरेको विरोधमा एमालेको भातृ संगठन प्रजातान्त्रिक युवा संघले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गरेको छ।

युवा संघका कार्यकर्ता आएर शैक्षिक संस्था बन्द गराएको घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell