PahiloPost

Sep 25, 2018 | ९ असोज २०७५

‘न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै सर्वोच्च रिट’


पहिलोपोस्ट

‘न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै सर्वोच्च रिट’

काठमाडौंः न्यायाधीश र न्याय परिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ। सोमबार रिट पेश भए पनि दर्ता वा दरपीठ दुबै भएको छैन। अधिवक्ता सुनील रञ्जन सिंहले सोमबार रिट पेश गरेका हुन्।

अधिवक्ता सिंहका अनुसार सर्वोच्च प्रशासनले रिट दर्ताका विषयमा आज निर्णय दिने बताएको छ।

कानुनी व्यवस्था अनुसार अहिलेसम्म न्यायाधीशको सम्पत्ति गोप्य राखिने गरिएको छ। खामवन्दी रुपमा न्याय परिषदमा सम्पत्ति विवरण बुझाएपछि उक्त विवरण सार्वजनिक गर्ने प्रचलन छैन। न्यायाधीशको सम्पत्ति विवरण कुनै पनि निकायले छानविन समेत गर्न पाउँदैन। तर, पछिल्लो सवैधानिक प्रावधान अनुसार अवकाशपछिको हकमा छानविनको विकल्प खुला छ। 

निवेदक सिंहले न्याय परिषद ऐन २०७३ को दफा २(८) अनुसार न्याय परिषदको सदस्य र न्यायाधीशको सम्पत्ति न्याय परिषदमै गोप्य राख्नु गलत भएको जिकिर निवेदनमा गरेका छन्। सम्पत्ति गोप्य राख्नु सूचनाको हक विपरीत समेत भएको निवेदकको जिकिर छ। उनले सम्पत्ति सार्वजनिकका लागि आवश्यक आदेशको माग रिटमा गरेका छन्।



‘न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक माग गर्दै सर्वोच्च रिट’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट