PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार, एक पक्राउ 



पहिलोपोस्ट

व्यवसायी सेठियालाई लक्षित गरी गोली प्रहार, एक पक्राउ 

रूपन्देही: रुपन्देहीको सदरमुकाम भैरहवामा व्यवसायीलाई लक्षित गरी गोली प्रहार गरिएको छ। भारतीय मोटरसाईकलमा आएका दुई जनाले भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमति सदस्य हरिष सेठियालाई लक्षित गरी गोली प्रहार गरिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जनाएका छन्। 

उनलाई भैरहवाको हाटबजार स्थीत सेवा पथमा गोली प्रहार गरिएको थियो । उनलाई लक्षित गरी हानिएको गोलीबाट उनी बच्न सफल भएको प्रहरीले जनाएको छ। दुई जनामध्य एक जना भागेको र एक जनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए। प्रमुख ज्ञवालीले गोली हान्ने व्यत्ति र मोटरसाईकललाई समातेको बताए। भारतिय नागरिकले भारथिय मोटरसाईकलमा आएर उनलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
 
व्यवसायि सेठियालाई सिद्धार्थ उद्योग बाणिज्य संघका पदाधिकारीको जिम्मा लगाईएको छ। सेठिया माथि यस अघि पनि गोली प्रहार गरिएको बुझ्न आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell