PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

नेपालको एटिसीको लापरवाहीका कारण दुर्घटना भएको विमान कम्पनीको दाबी 


पहिलोपोस्ट /पहिलोपोस्ट

नेपालको एटिसीको लापरवाहीका कारण दुर्घटना भएको विमान कम्पनीको दाबी 
काठमाडौं: नेपालको एयर ट्राफिक कन्ट्रोल(एटिसी)ले गलत सूचना दिंदा आज विमान दुर्घटना भएको युएस बं‌गला विमान कम्पनीले दाबी गरेको छ। 

विमान दुर्घटना भएको केही समयपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृत इमरान आसिफले त्रिभूवन विमानस्थलको एटिसिले गलत सूचना दिएका कारण विमान दुर्घटना भएको दाबी गरेका हुन्। 

'एटिसिले हाम्रा पाइलटलाई मिस गाइड गर्यो, उनीहरुले रनवेमा कहाँ ल्याण्ड गर्ने भन्ने सहि सूचना पाएनन्,' उनले भने।

विमानमा कुनै पनि प्राविधिक गडबढी नभएको दाबी गर्दै उनले भने, 'हाम्रो जानकारीअनुसार दुर्घटनामा एटिसिको लापरवाही छ, हाम्रा पाइलटको तर्फबाट होइन्।'

तर नेपालको एटिसिले भने चेतावनीका वावजुद विमानले गलत ठाउँबाट ल्याण्डिङ गर्दा विमान दुर्घटना भएको दावी गरेको छ। एटिसिले विमान दुर्घटना पूर्व चालकदलसँग गरेको संवादको अडियो रेकर्ड समेत सार्वजनिक गरेको छ। 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले विमान नियमित रुटभन्दा फरक बाटोबाट अवतरण गर्न खोज्दा दुर्घटना भएको दाबी गरेका थिए।


नेपालको एटिसीको लापरवाहीका कारण दुर्घटना भएको विमान कम्पनीको दाबी  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट