PahiloPost

Dec 11, 2018 | २५ मंसिर २०७५


वंगलादेशमा डाक्टर पढ्न गएका विद्यार्थी खोज्दै अभिभावक, श्वेताकी आमाको प्रश्न : छोरीलाई कुन अस्पताल लगियो?


सागर बुढाथोकी

वंगलादेशमा डाक्टर पढ्न गएका विद्यार्थी खोज्दै अभिभावक, श्वेताकी आमाको प्रश्न : छोरीलाई कुन अस्पताल लगियो?

काठमाडौं: बंगलादेशबाट काठमाडौं आउँदै गरेको विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको खबर सुनेपछि उक्त विमानमा सवार रहेकाका आफन्त यतिबेला अस्पताल चहारिरहेका छन्। 

विमानमा धेरैजसो मेडिकल पढेर फर्केका छात्रहरु थिए। श्वेता थापा उक्त विमानमा काठमाडौं आएको भए पनि अहिलेसम्म कुनै अस्पतालमा नभेटेको उनकी आमा उर्मिला थापाले बताइन्।

'मेरी छोरी यही विमानमा आउँदै थिइन्। कुनै अस्पतालमा भेटिएन। मलाइ एक्लै छाडेर कता गइ होलिन्,' सिनामंगलस्थित केएमसी अस्पतालमा भावविह्वाल हुँदै उनले भनिन्।

उनीजस्तै डाक्टर बन्न गएका विद्यार्थी सन्तान खोज्दै आउने आफन्त धेरै छन्। चारु बराल, एलिजा बराल, सोरुना श्रेष्ठको आफन्त पनि अस्पताल अस्पताल पुगिसकेका छन्। उनीहरु सन्तान फेला नपरेपछि अभिभावकहरु ग्रान्डी अस्पतालतर्फ जान लागेका छन्।
 



वंगलादेशमा डाक्टर पढ्न गएका विद्यार्थी खोज्दै अभिभावक, श्वेताकी आमाको प्रश्न : छोरीलाई कुन अस्पताल लगियो? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट