PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

विमान दुर्घटना : महिला पाइलटसहित चालक दलका तीन सदस्यको मृत्यु, काठमाडौँ मेडिकल कलेजमा आठको मृत्यु पुष्टि


विमान दुर्घटना : महिला पाइलटसहित चालक दलका तीन सदस्यको मृत्यु, काठमाडौँ मेडिकल कलेजमा आठको मृत्यु पुष्टि
काठमाडौँ : त्रिभुवन विमानस्थलमा भएको युएस बांग्लाको विमान दुर्घटनामा पाइलट र चालक दलका दुई सदस्यको मृत्यु भएको छ।  

काठमाडौँ मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली प्रकाशन गरेको छ जसमा महिला पाइलट पृथुला रसिद र चालक दलका सदस्य ३५ वर्षीय ख्वाजा हुसेन रहेका छन्। त्यसैगरी इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। 

अस्पतालमा मृत अवस्थामा ल्याइएका नेपालीहरुमा ३५ वर्षीय हरिशंकर पौडेल, ३८ वर्षीय प्रवीण चित्रकार, ३० वर्षीया सजना देवकोटा रहेका छन्। 

अस्पतालका अनुसार एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन। 

नेपाल प्रहरीका प्रवक्ता डिआइजी मनोज न्यौपानेका अनुसार ३१ जनाको घटनास्थलमै मृत्यु भएको छ। ८ जनाको उपचारका क्रममा निधन भएको र ३३ जनाको उपचार भइरहेको उनले जानकारी दिए।   


विमान दुर्घटना : महिला पाइलटसहित चालक दलका तीन सदस्यको मृत्यु, काठमाडौँ मेडिकल कलेजमा आठको मृत्यु पुष्टि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट